sannnews

South Asian News Network

  • रेडियाे
  • सुन चाँदी दर
  • विदेशी मुद्रा दर
  • मिति परिवर्तन
  • युनिकाेड
१६ असोज २०८३, शुक्रवार
sannnews
  • समाचार
  • राजनीति
  • अर्थ / वाणिज्य
    • बैंक/वित्त
    • बीमा
    • सेयर बजार
    • सहकारी
  • विचार / अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रशासन
  • मनाेरञ्जन
  • खेलकुद
  • शिक्षा / वैदेशिक राेजगार
  • राशिफल
  • सम्पादकीय

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

Sann News एस् ए एन् एन् न्यूज

२०८२ मंसिर २५ बिहीवार १०:४३

2.1K 

shares
image

काठमाडौँ, २५ मङ्सिर: सरकार र जेनजीबीच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति भएको छ । त्यसका लागि प्राथमिकताका साथ आवश्यक कानुनी, प्राविधिक तथा संस्थागत पूर्वाधार विकास गरी कार्यान्वयन गरिने सहमति भएको छ । प्रधानमन्त्री सुशीला कार्की र जेनजी सहिद परिवारका तर्फबाट आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सहमतिमा योग्य नेपाली नागरिक मतदाताका रूपमा नाम दर्ता गर्ने अभियानलाई सहज र प्रभावकारी बनाइनेसमेत उल्लेख छ । बेजिल्ला तथा अन्तरनिर्वाचन क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्ने मतदातालाई निजहरू रहेकै जिल्लाबाट आसन्न निर्वाचनमा नै मतदान गर्ने व्यवस्था गरिने पनि सहमतिपत्रमा उल्लेख छ । संसारका विभिन्न देशमा औपचारिक तथा अनौपचारिक रूपमा श्रम गर्ने प्रवासी नेपाली नागरिक, पेसा व्यवसायमा रहेका र प्रवासी नेपाली विद्यार्थीको मताधिकार सुनिश्चित गर्न नीतिगत, कानुनी तथा संस्थागत पूर्वाधार विकासको प्रक्रिया अगाडि बढाइने पनि सहमति भएको छ । यस्तै, निर्वाचनमा मनोनयन दर्ता गर्दाकै बखत उम्मेदवारले आफ्नो सम्पत्ति विवरणसमेत बुझाउनुपर्नेलगायत राजनीतिक दल र उम्मेदवारको खर्च पारदर्शी बनाउन कानुनमा संशोधन गरिने छ । सबै राजनीतिक दलका सम्पत्ति तथा आर्थिक स्रोतको विवरण अनिवार्य रूपमा मागी सोउपर छानबिन गरी स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गरी दोषीउपर कारबाही गर्न आवश्यक कानुनी प्रबन्ध गरिने पनि सहमति भएको छ । निर्वाचन प्रणाली सुधारका लागि प्रचलित कानुनमा तत्काल संशोधन गरिने, मतपत्रमा ‘माथिका कसैलाई मतदान गर्दिनँ’ विकल्प राखिने सम्झौतामा उल्लेख छ । राजनीतिक दलभित्र अनिवार्य रूपमा प्राथमिक प्रतिस्पर्धा (प्राइमरी इलेक्सन) गरी छनोट भएको व्यक्तिमात्र निर्वाचनका लागि उम्मेदवार हुन पाउने कानुनी व्यवस्था गरिने पनि सम्झौता भएको छ । निर्वाचन आयोगद्वारा तयार गरिने मतपत्रमा दल÷उम्मेदवारको क्रमाङ्क गोला प्रथाबाट निर्धारण गरिनेछ । राजनीतिक दलमा अध्यक्ष वा सभापति अधिकतम दुई कार्यकालका लागि मात्र हुनसक्ने प्रबन्ध गरिने भएको छ । निर्वाचन प्रयोजनका लागि मात्र हुने अस्वस्थ गठबन्धन नियन्त्रणका लागि कानुनी प्रबन्ध गरिने जनाइएको छ । आगामी निर्वाचनमा ‘पहिलो हुने निर्वाचित हुने’ निर्वाचन प्रणालीमा समेत उम्मेदवार चयन गर्दा समानुपातिक समावेशी सिद्धान्तको पालना गर्न कानुनी प्रबन्ध गरिने सम्झौतामा जनाइएको छ । —
Powered By  Orson Infotech

#‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

Post navigation

<< पछिल्लाे समाचार

मेयर बालेनको शहरमा यस्तो भेदभाब किन ?

अघिल्लाे समाचार >>

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

 ७४२ जनाको नि :शुल्क आँखा परीक्षण, ६१ जनालाई चस्मा वितरण

 ७४२ जनाको नि :शुल्क आँखा परीक्षण, ६१...

तीन विधेयक दफावार छलफलका लागि समितिमा

तीन विधेयक दफावार छलफलका लागि समितिमा

बिहीबार पनि नेप्से परिसूचक स्थिर

बिहीबार पनि नेप्से परिसूचक स्थिर

प्रधानमन्त्रीको  संसदप्रतिको उदासीनता  संसदीय अभ्यास होइन: भीष्मराज आङ्देम्बे

प्रधानमन्त्रीको  संसदप्रतिको उदासीनता  संसदीय अभ्यास होइन: भीष्मराज...

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन...

वडा नं १६
वडा नं १६
वडा नं १४
वडा नं १४
वडा नं १३
वडा नं १३
वडा नं ११
वडा नं ११
वडा नं ३
वडा नं ३
वडा नं ४
वडा नं ४

ताजा

 ७४२ जनाको नि :शुल्क आँखा परीक्षण, ६१ जनालाई चस्मा वितरण

 ७४२ जनाको नि :शुल्क आँखा परीक्षण,...

तीन विधेयक दफावार छलफलका लागि समितिमा

तीन विधेयक दफावार छलफलका लागि समितिमा

बिहीबार पनि नेप्से परिसूचक स्थिर

बिहीबार पनि नेप्से परिसूचक स्थिर

प्रधानमन्त्रीको  संसदप्रतिको उदासीनता  संसदीय अभ्यास होइन: भीष्मराज आङ्देम्बे

प्रधानमन्त्रीको  संसदप्रतिको उदासीनता  संसदीय अभ्यास होइन:...

लाेकप्रिय

भोटेकोशी बाढीपीडितको राहतमा क्यासिनो माजोङको ५४ लाख २३ हजार सहयोग

भोटेकोशी बाढीपीडितको राहतमा क्यासिनो माजोङको ५४...

वाणिज्य दिवस सन्दर्भः वाणिज्यशास्त्र शिक्षाका सारथिहरूको सम्झनामा

वाणिज्य दिवस सन्दर्भः वाणिज्यशास्त्र शिक्षाका सारथिहरूको...

विन्ध्यवासिनीको धार्मिक वातावरणदेखि ज्योतिषीय परामर्शसम्म : एक दशकको यात्रामा ज्योतिषी भवेश भट्टराई

विन्ध्यवासिनीको धार्मिक वातावरणदेखि ज्योतिषीय परामर्शसम्म :...

बुबाविहीन २४ वर्ष

बुबाविहीन २४ वर्ष

फेसबुक पेज

sannnews

षन्ताेशी इन्टरनेशनल प्रा. लि.

9803443156
info@sannnews.com

साइट नेभिगेसन

  • समाचार विश्लेषण
  • राजनीति
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • शिक्षा / वैदेशिक राेजगार

महत्वपूर्ण लिङ्कहरू

  • हाम्राे बारेमा
  • हाम्राे टिम
  • सम्पर्क
  • विज्ञापनकाे लागि
  • नियम र सर्तहरू

Copyright © 2026 All Rights Reserved. | www.sannnews.com

Developed by Multitech

  • <
  • <
  • <
  • <
  • <
  • <
  • <