सनातनी मातृ शक्तीको सिउँदोको सिन्दुरको रक्षाको लागि सनातनी मातृ शक्तीको राजधानीमा कलश यात्रा

काठमाडौ । सनातनी मातृ शक्तीको सिउँदोको सिन्दुरको रक्षाको लागि सनातनी मातृ शक्तीले आज राजधानीमा कलश यात्रा तथा सनातन सिन्दुर अभियान आयोजना गरेको छ । कलश यात्रा शहरका विभिन्न स्थानको परिक्रमा गरि भृकुटीमण्डपमा गएर समापन भएको थियो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रिय जनआन्दोलन समितिका अध्यक्ष डा.तारानाथ लुईटेल बैदिक सनातन हिन्दु अधिराज्य नेपाल बनाउँन सबै नेपाली एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । अध्यक्ष लुईटेलले तुरुन्त २०७२ को संविधान संशोधन गरेर प्राचीनकालीन वैदिक सभ्यताको सनातन राष्ट्र घोषणा गर्नुपर्ने माग पनि गर्नुभयो । आफुहरुले चाहेको व्यवस्था भनेको प्राचीन कालीन वैदिक सभ्यताको सनातन राष्ट्रको निर्माण भएको बताउदै जसमा हरेक मातृशक्तिको ५१ प्रतिशत अधिकार सुनिश्चित हुने पनि उहाँले बताउनुभयो ।

रोल्पाली चेली फाउण्डेसनका अध्यक्ष यमुना केसी र पत्रकार एवं सनातन सिदुर अप्रेसनका प्रमुख एवराज आचार्यले आयोजना गरेका कलश यात्राको समापन कार्यक्रमलाई सम्बोधन गर्दै एवराज आर्चायले सर्वपक्षीय सर्वदलीय सरकार गठन गरी २०७२ को संविधान संशोधन गरी प्राचीनकालीन वैदिक सभ्यताको सनातन र राष्ट्र घोषणा गर्नुपर्ने धारणा राख्नुभयो । त्यसो नगरे सहिदको विरता र बलिदानी हाम्रा विरगना नारीको सिउँदो मर्म रक्षाका नहुने बताउनु समेत बताउनुभयो ।

कार्यक्रममा संयुक्त राष्ट्रिय जनआन्दोलन समितिका अध्यक्ष डा.तारानाथ लुईटेल , समाजसेबी व्यक्तित्व एवं राष्ट्र संरक्षण मिडियाका अध्यक्ष रक्तदाता डा के पी सम्राट, शिवशक्तिधामका पिठाधीश शिवशक्ति बाबा, रोल्पाली चेली फाउण्डेसनका अध्यक्ष यमुना केसी, पर्यटन ब्यसायी एवं राजनीतिज्ञ दिलबिकास राजभण्डारी लगातका व्यक्तित्वलाई विभिन्न राष्ट्रिय एवं अन्र्तराष्ट्रिय सम्मान साथै बिभिन्न अवार्डहरुद्धारा बिभूषित र सम्मानीत गरिएको थियो ।