skip this वडा नं १६ बालाजु च:मती

सीमा क्षेत्रमा भएको झडपमा पहिलो गैर–सैनिक थाइ नागरिकको मृत्यु

थाइल्यान्डको स्वास्थ्य मन्त्रालयले आइतबार कम्बोडियासँगको सीमा भिडन्तमा एक सर्वसाधारणको मृत्यु भएको बताएको छ। थाइल्यान्डको स्वास्थ्य मन्त्रालयका प्रवक्ता एकाचाई पिएनस्रिवाचराले थाईल्याण्डमा डिसेम्बर ७ देखि लडाइँ सुरु भएयता सिसाकेत प्रान्तमा मारिएका पहिलो गैर–सैनिक (नागरिक) भएको बताए ।

कम्बोडियाली सेनाले नागरिक क्षेत्रमा रकेट प्रहार गर्दा छर्राबाट ६३ वर्षीय गैर–सैनिकको मृत्यु भएको थाई सेनाले जनाएको छ ।