skip this वडा नं १६ बालाजु च:मती

बहुआयामीक कृषि बचत तथा ऋण सहकारीको १७ औ साधारण सभा भब्य रुपमा सम्पन्न 

काठमाडौं । बहुआयामिक कृषि बचत तथा ऋण सहकारी संस्थाको १७ औँ वार्षिक साधारणसभा यहि २०८२ मंसिर २७ गते शनिवार स्वयम्भू मुस्ताङ्ग गुम्बामा एक कार्यक्रम गरि भब्य रुपले सम्पन्न भएको छ । साधारणसभा अध्यक्ष ध्रुब प्रसाद खनालको अध्यक्षतामा सम्पन्न भएको हो। साधारणसभा सहकारी संस्थाका सल्लाकाहरुको आतिथ्यमा सम्पन्न गरिएको हो ।

सधारण सभामा संस्था अध्यक्षमा एवं कार्यक्रमका सभापति ध्रुब प्रसाद खनालले सहकारीलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख ३ खम्बा मध्ये एक खम्बाको रुपमा लिने गरिएता पनि यसमा राजनीतिक पहुचका आधारमा गलत काम गर्नेहरुले समस्या पारेको बताउनुभयो । उहाँले सहकारी ऐन र सहकारीका सात सिद्धान्त र बिश्वब्यापी मुल्य मान्यता विपरित सञ्चालित केहि ठुला भनिएका सहकारी संस्थाहरुले बदमासी गरेको सम्पुर्ण सहकारी बदनाम हुन पुगेको बताउनुभयो ।

सामन्य र कमपुँजी हुने सर्वसाधारणको घरदैलोमा पुगेर सेवा दिने र देशको अर्थतन्त्रमा महत्वपुर्ण योगदान दिएको सहकारी क्षेत्र प्रति राज्यले उचित अनुगमन गरि गलत गर्ने लाई कारवाहीर राम्रो गर्नेलाई प्रोत्साहन गर्नु पर्ने बताउनु भयो । त्यसैगरी सहकारी ऐन कानुनको परिधि भित्र बसेर सञ्चालन भएका सहकारी कुनै पनि समस्यामा नपरेको तर ठुला सहकारी संस्थाको बदमासीको प्रभाव सानामा पनि पर्न गएको प्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष खनालले बहुआयामिक कृषि सहकारी संस्था सहकारी ऐन कानुन सम्वत सञ्चालन भएकोले कुनै समस्या नरहेको बताउनु भयो ।

त्यस्तै, सहकारी संस्थाको आर्थिक प्रतिवेदन पेस गर्दै लेखा सुपरिवेक्षण समितिका संयोजक ट्यान सिंह लामाले आ. व. ०८१।०८२ को आर्थिक प्रतिवेदन र ०८१।८२ को कार्ययोजनासमेत प्रस्तुत गर्नुभएको थियो । ०६५ सालमा ५१ जनाबाट शुरु भएको संस्थामा हाल १६६४ जना भन्दा धेरै शेयर सदस्यहरु रहेका छन् । त्यसैगरी संस्थाले बहुआयामिक मोफिन एप (Bahu Aayamik Mofin App) सञ्चालनमा ल्याई सदस्यहरूलाई सेवा प्रदान गर्ने हेतुले थप सहज र सरल बनाउन मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कारोबारको स्टेटमेन्ट हेर्न सकिने सुविधाका साथै कनेक्ट आइपीएस, फोन पे र क्यूआर पेमेन्ट समेत सञ्चालन गर्दै आएको छ ।

‘बहुआयामिक सहकारीको सपना तपाई हाम्रो सुनौलो भविष्यको स्थापना“ भन्ने नाराकासाथ सम्पन्न भएको १७ औं वार्षिक सभामामा पत्रकार , जेष्ठ नागरिक, कर्मचारी, एकल महिला लगायतलाई सम्मान गरिएको थियो । साधारण सभामा आ.व.०८१/०८२ मा भएको संस्थाको आर्थिक कारोवारहरुको यथार्थ चित्रण तथा बिगत देखि चालु आ.व.०८२/०८३ सम्मको अनुमानित बजेट कार्ययोजना नीति तथा कार्यक्रमहरु शेयर बुद्धि विनिय संसोधन, उप–विनियम तथा कार्यविधि लगाएतका विषयवस्तु बुँदागत रुपमा प्रस्तुत गरिएको थियो ।

१७ औ साधारण सभामा अध्यक्ष खनालले प्रस्तुत गर्नुभएको बार्षिक प्रतिबेदनको मुख्य अशं यस प्रकार छ ।
सदस्यता: २०६५ साल माघ १० गते यसै क्षेत्रका ५ वटा गाविसलाई (हाल नागार्जुन नगरपालीका आधारमानी विधिवत रुपमा काठमाण्डौ डिभिजन सहकारी कार्यालय द.नं.२०२५ दर्ता भई मिति २०६५ साल माघ २५ गते बाट सुरु भएको संस्था प्रारम्भमा समान उद्देश्य बोकेका ५१ जना सदस्यहरु मिली सीमित शेयर पूँजीबाट सञ्चालन भएको संस्था हालको दिनमा आईपुग्दा १६६४ जना भन्दा बढी शेयर सदस्यहरु आवद्ध भैसकेका छन भने संस्थामा पुरुषभन्दा महिला सदस्यहरुको संख्या बढी रहेको छ। यस वर्ष शेयर सदस्यहरुको संख्यामा २.०% ले वृद्धि भएको छ।

२) शेयर पुजी: आर्थिक वर्ष ०८०/०८१ को आषाढ मसान्त सम्ममा शेयरपुँजी रु. ३,६८,०२,७००/रहेको थियो भने आर्थिका: वर्ष ०८५१०८२ को मसान्त सम्ममा बोनस वितरण पश्चात रु. ३,७४,६२,३००/– रहेको छ। यस समिक्षा अर्बाध सम्म आइपुग्दा शेयरपुंजी रु. ३,८०,७७,४००/– जानकारी गराउँदछु ।

३) निक्षेप तर्फ : लघुवित्त, बाल वचत, आवधिक बचत, क्रमिक, व्यक्तिगत, जेष्ठ नागरिक, व्यवसायिक, बहुआयामिक, नियमौत निक्षेप गरी आ.व. ०८०/०८१ मा रु.१८,३९,९६,०९३.०० रहेकोमा यस आ.ब.०८१।०८२ मा निक्षेप रु २५,८२,११,६८४.६० थप भई जम्मा निक्षेपरु.४४,२२,०७,७७७,६० सहकारीले सञ्चालनमा ल्याएको विभिन्न खाले निक्षेप खाताहरुबाट यस आ ब.०८१। ०८२ मा बचत फिती रु २०,८४,७२,२४२.०७ भई जम्मा निक्षेप रु.२३,३७,३५,५३५.५३ रहेको छ। यस आ.व ०८१।०८२ को अषाढ मसान्त सम्म निक्षेपमा रु ४,९७,३९,४४२.५३ अर्थात २७.०३३% ले वृद्धि भाएको छ। हाल सहकारीहरूमा देखिएको समस्या तथा बजारहल्ला तरल राजनैतिक परिस्थिति आन्दोलन र आर्थिक मन्दी जस्तो विषम परिस्थितिमा समेत हाम्रो सहकारी स्वभाविक रुपमा अगाडि बढीरहेको छ हाम्रो संस्थासंग निर्भिक भएर कारोबार गर्न अनुरोध गर्दछु। यस समिक्षा आबधि सम्म आइपुग्दा निक्षेप रु.२६,९५,५२,५४४/७८ रहेको छ ।

४) कजी लगानी, अशुली र कजर्जा सापटी तथा भुक्तानी तर्फ :
क) कर्जा लगानी तथा अशुली तर्फ : आ.व. ०८०/०८१ मा विभिन्न खाले कर्जा शिर्षकहरुमा कर्जा रु.२८,१९,९२,१५९।७९ कुल ऋण लगानी रहेकोमा आ.व.०८१।०८२ को आषाढ मसान्त सम्म आईपुग्दा कजी लगानीमा थप क्रमश: व्यापारीक कर्जामा रु.७,६७,४६,१०८/०० हायर पर्चेज कर्जामा रु.८०,०००/– महिला तथा लघुवित्त कर्जामा रु.४९,७५,०००।०० आवधिक बचत धितो कर्जामा रु. १,८१,११,०००।– र युवा स्वोरोजगार कर्जामा रु ०.००। गरी जम्मा कर्जा लगानी रु ३८,१९,०४,२६७/७९ कर्जा लगानी भएकोमा यस आ.व.०८११०८२ को आषाढ मसान्त सम्ममा उल्लेखित शिर्षकहरुमा जम्मा कर्जा असुली रु ११,४०,९०,८८३/६७ भई आ.व.०८११०८२ को आषाढ मसान्तसम्मा रु. २६,७८,१३,६०४।१२ मा ऋण नोक्शानी ब्यबस्था रु.३४,७४,५८३।८८ लाई कजी अशुलि एन एफ आर एस प्रविधि अनुसार मान्दा कर्जालगानी रु.२७,१२,८८,१८८१०० मा यस वर्षको अशुल गर्न बाँकि ब्याज रु ९,६६,६५९।०० मिलान गर्दा जम्मा कर्जा रु २७,०३,२१,५२९/०० रहेको छ। यस आ.व.०८१०८२ मा लगानीमा रु.१,१६,७०,६३०/७९ भई अर्थात ४.१३% ले कर्जा लगानीमा न्यून हुनुको मुख्य कारण अघिल्लो आ.व मा भन्दा यो वर्ष कर्जा अशुलीमा वृद्धि हुनुले हो, भने यस समिक्षा अवधी सम्ममा जम्मा कर्जा लगानी रु.२८,६२,२१,९०८/०० रहेको छ।

ख) कर्जा सापट तथा भुक्तानी तर्फ :
१) कर्जा सापट तर्फ : आ.व.०८०/०८१ मा, राष्ट्रिय सहकारी बैङ्ग, चालु पुंजी तथा परियोजनागत, नेफ्स्कुन र युवा स्वोरोजगार कर्जामा गरि जम्मा कर्जा सापट रु.७,१६,९१,६६६/०० रहेको छ।
(२) कर्जा भुक्तानी तर्फ : यस आ.व.०८१/०८२ मा राष्ट्रिय सहकारी बैङ्क कलंकी शाखाको सर्टट्म व्यबसायिक कर्जा भुक्तान रु १६,३५,१५५/०० र युबा स्वोरोजगार कर्जा रु ७.९१,६६५१०० र नेफ्स्कुन कर्जा भुक्तान रु ७०,००,०००/०० आ.व.०८११०८२ को सालतमामी सम्ममा रु ९४,२६,८२०/०० भुक्तान भई रु.६,२२,६४,८४६/०० रहेकोमा यस समिक्षा अवधि सम्म आईपुग्दा कर्जा सापट भुक्तान तर्फ राष्ट्रिय सहकारी बैङ्कको इन्सटल्मेंट की रु ७,९३,३२ ९।३२ युवा स्वोरोजगारको कजी रु १,५८,३३३।०० र नेफ्स्कुनको रु.१७,५०,०००।०० गरी जम्मा कर्जा सापटी तर्फ रु.५,९५,६३,१८३/६८ रहेको छ।

५) शेयर लगानी तर्फ
आ.व.०८१।०८२ को आषाढ मसान्त सम्ममा राष्ट्रिय सहकारी बैङ्कमा शेयर लगानी रु.११,००,०००/–नेफ्स्कुनमा रु.५,१२,४००/– जिल्ला सहकारी संघमा रु.५,०००।– कास्कुनमा रु.१०,०००,०० बागमती प्रदेश सहकारी संघमा रु ५०००। गरी जम्मा शेयर लगानी रु.१६,३२,४००। रहेकोमा यस समिक्षा अबधिमा जम्मा शेयर लगानी रु.१६,३२,४००/– रहेको छ।

६) पेश्की तथा धरौटी तर्फ
आ व ०८१।०८२ को अषाढ मसान्त सम्ममा सदस्य तथा कर्मचारी पेश्की फर्छयौट हुन बाँकी र अन्य धरौटी गरी रु २५,०५,८६४/२४ रहेको छ भने बैंक डिपोजिट तथा रेमिट बापतको कर रू.१,७७,६१४/४५ टेलिफोन धरौटी रु ९,६१०।०० गरि पेश्की तथा धरौटी तर्फ जम्मा जम्मी रु २६,९३,०८८/६९ रहेको छ ।

७) आम्दानी तथा खर्च तर्फ
क) आम्दानी तर्फ
आ.व. ०८०/०८१ मा डिपोजिट बापत बैङ्कहरुबाट प्राप्त व्याज, शेयर लगानी बापतको लाभांश, संस्था विकास शुल्क, कर्जा लगानी वापतको व्याज, सदस्य शुल्क, विलम्ब शुल्क, खाताबन्दी शुल्क तथा अन्य विविध आम्दानी गरी जम्मा आम्दानी रु.४,७६,५०,५०८.७१ रहेको थियो, भने यस आ.व. ०८११०८२ मा बैङ्कहरुबाट प्राप्त व्याज रु ८,२३,०२४। ४२ कर्जा लगानीबाट प्राप्त व्याज रु. ४,१०,८५,६९११०० कर्जा फारम, सदस्य शुल्क, संस्था विकास शुल्क, बिलम्ब शुल्क, जरिवाना, रेमिट, खाताबन्दि शुल्क, कजी मूल्याकन तथा अन्य आम्दानीबाट रु.३९,९३,४०८ । १९ गरि आम्दानी जम्मा रु. ४,५९,०२,१२३.६१ भएको छ।


ख) खर्च तर्फ :
आर्थिक वर्ष ०८०/०८१ मा निक्षेपमा व्याज, कर्मचारी तलव पेश्कि तथा भत्ता, अफिस भाडा, छपाई तथा मसलन्द, कर्मचारी सञ्चयकोष, साधारणसभा खर्च, पानी तथा बिजुली, मिटिङ्ग भत्ता, हेल्थ इन्स्युरेन्स, कर्मचारी पोशाक, ले.प. शुल्क, गाडी भाडा कमीसन, टेलिफोन तथा इन्टरनेट, ऋण लगानी जोखिम ब्यबस्था खर्च, पर्व तथा पुजा खर्च, खाजा खर्च, ह्रासकट्टी, अतिथी सत्कार खर्च, सफ्टवेयर, शिक्षा तालिम, भ्रमण, छात्रवृति तथा अन्य खर्च समेत गरी जम्मा खर्च रु.३,८४,६९,३७५/३८ रहेको थियो भने यस आ.व. ०८१/०८२ को आषाढ मसान्त सम्ममा जम्मा खर्च माथि उल्लेखित शिर्षकहरुमा बचतमा ब्याज खर्च रु २,६८,०७,१८०,७५, कर्मचारी तलब रु ४४,३५,२२४.०० कर्मचारी बोनस रु १३,३५,५०८.०८ प्रसासनिक खर्च साधारण सभा, बैठक भत्ता, छपाई तथा मसलन्द, टेलिफोन तथा इन्टरनेट, पत्रपत्रिका, ऋण सापटी खर्च, पानी तथा बिद्युत, घर भाडा, सफ्टवेयर खर्च, अडिट फी, खाजा खर्च, कानुनी परामर्श, मर्मत तथा सम्भार, धुलाई खर्च, स्वास्थ्य बिमा खर्च, भल्ट तथा नगद बिमा, तालिम खर्च, छत्रवृद्धि, अथितिसत्कार, पुजा तथा पर्व खर्च सहकारी बिकाश खर्च भव्यतब्य खर्चसमेत गरी रु २८,९६,५६७.११ कमिसन रु २१००.०० सम्मानमा हासकट्टी रु ४.०५.९७०.९२) गरी जम्मा खर्च रु ३,५८,८२,५५०.८६ रहेको छ । यस समिक्षा अवधि सम्म आई उल्लेखित शिर्षकहरुमा खर्च रु.१.१७,७४,३६२.५० रहेको छ।

ग: नाफा नोक्सानको स्थिति:
आ.व.०८०/०८१ मा आयकर र कोषमा बाँडफाँड भन्दा अगाडिको नाफा रु.१९३८०७७/८१हेको थिय यस आ.व.०८१।०८२ को सालतमामी सम्ममा आयकर तथा बाँडफाँड भन्दा अगाडिको नाफा रु.१,१७,६१,०५१ ।७५ रहेकोमा सम्पति तथा उपकरणमा ह्रासकद्री रु.४,०५,९७०/९२, श्रम ऐनले व्यवस्था गरे वमोजिम कर्मचारी बोनस क आ.व.मा अघिल्लो आ.व.मा भन्दा रु.१८,२२,१७३/९४ अर्थात १८३४ ले नाफामा वृद्धि भएको छ साये आहे रु.११,३५,५०८/०८ र आयकर १०५ ले रु.१०२.१९५७/२८ कद्रागरी खुद नाफा रु ९१.९७,६१५/४७ रहेको छ। को अन्त्य सम्ममा सदस्यहरुले बुझाउन पर्ने कर्जाको ब्याज रु ४१४४५०६/०० बाँकि रहेको अवगत गराउँद समिक्षा अवधिसम्म नाफा नोक्सान खातामा रु.१,१७,७४,३६२,५० रहेको छ।

८. आ.व. ०८१०८२ मा आयकर तथा कोष बाँड–फाँड, तरलता र कर्जा जोखिम व्यावस्थापन तर्फ :
क) कोष व्यवस्था:
आयकर पछिको नाफा रकममा संस्थाको विनियम २०६५ र तत्पश्चात संशोधित विनियम ०७९ एवं सहकारी ऐन २०७४ र नियम २०७५ आर्थिक ऐन तथा संशोधित नियम २०८१ बमोजिम कोषको व्यवस्था गरिएको छ। सम्या कोषमा आ.व.०८०/०८१ मा जगेडा कोष रु रु.१,७५,७५,८१२।०७ र अन्य कोषमा रु.१,९३,१०,७५९.७३ रहेको थियो भने यस आ.व. ०८१।०८२ मा आइपुग्दा कोषहरूमा थप जगेडा कोषमा रु.२२,९९,४०३/८७ पुंजी फिर्ता रु.१७,२४,५५२/९०, शेयर लाभांस कोषमा रु.३०,८३,५००/५९ कर्मचारी बोनस खर्च कोषमा रु.११,३५,५०८।०८ सदस्य शिक्षा कोषमा रु ५,१३,९१६/७६ संस्था विकास कोषमा रु.२,५६९५८/३८ घाटापूर्ति कोषमा रु.५,१३,११६६ सहकारी प्रर्वद्धन कोषमा रु.३४,४९१।०६ समुदाय विकास कोषमा रु.२,५६,९५८/३८ जोखिम व्यावस्थापन कोषमा रु.२,५६,९५८/३८ स्थितिकरण कोषमा रु.१,५४,१७५/०३ सदस्य आकस्मिक कोषमा रु१,०२,७८३। ३ आ.व.०८१।०८२ सम्ममा जगेडा कोषमा रु.१,९८,७५, २१५/९४ र अन्य कोषमा रु.२,७३,४४,४७९।४० गरी जम्मा ४,७२,१९,६९५/३४ कोषमा रहेकोमा कोष बांडफांड तथा साधारण जगेडा कोषमा रकमान्तर गरी देहाए बमोजिन्छे कोषमा रकम बाँकि रहेको जानकारी गराउंदछु।

ख) कोष बाँडफाँड जगेडा कोषमा रकमान्तर तर्फ :
आ.व.०८११०८२ मा कर्मचारी बोनस कोषको रु.५,७७,६७५/०० कर्मचारी कल्याणकारी कोष रु ८,६१, सहकारी शिक्षाकोषमा रु १,३०,२३७१००, समुदाय विकास कोषको रु १,७३,३३५/०० सहकारी विकास कोगन रु.२,९२,९२३३००, सदस्य आकस्मिक कोष रु१,०८,९२३.७० ऋण घाटा पूर्ति कोष रु. ७,८७,९०११६० संस्था स्थितिय कोष रु १,८८,५०१/०६ पुंजी फिर्ता कोषको रु.१६,३५,३८९१३७ र शेयर लाभांस कोषको रु.२५,३१,३५१८२ आ.व.०८११०८२ को अन्त्य सम्ममा जम्मा रु.७२,८७,९४८/२१ बाँडफाड भइ जगेडा कोषमा अघिल्लो आव कर्मचारी कल्याणकारी कोष बाट रकमान्तर रु ८,६१,७१०,६६ र संस्था स्थितिकरण कोष बाट रकमान्तर रु १,८८,५०१ गरी जगेडा कोषमा जम्मा रु २०९,२५,४२७/६६ र अन्य कोष रु.२००५६५३१११९ गरी जम्मा कोषमा र ९८१९५८/८५ रहेको छ। सहकारी नियम २०७५ ले व्यवस्था गरे बमोजिम पूँजी फिती कोषको शतप्रति र शेयर लाभांश कोषको शतप्रतिसत सदस्यहरुलाई बचत ऋण तथा शेयर कारोबारको आधारमा ५% त्म्क् १३% का दरले वितरण गरिएको छ भने इवन्त ऋण कोषको व्यवस्था हटाएकोले उक्त कोषको रकमलाई की कोषमा रकमान्तर गरिने छ साथै ऐन नियम वमोजिम सहकारी प्रबंधन कोषको रकम लाई सम्बन्धित निकायमा गरिनेछ यस बर्ष कोषबाट सम्बन्धित शिर्षकबाट खर्च गरि बाँकि रहेको रकमलाई जगेडा कोषमा रकमान्तर गरिनेछ।

ग) जोखीम व्यवस्था : आ.व.०८१।०८२ को आषाढ मसान्त सम्ममा अशल ऋणको १% ले हुन आउने रकम रु २६,९१,४५०/३३ कमसल ऋणको ३५% ले हुन आउने रकम रु.२,११,८१०/५५ र जोखीम ऋणको १००% ले हुन आउने रकम रु. ५,७१,३२३१।०० गरी जम्मा रु ३४,७४,५८३/८८ लाई कर्जा जोखीम व्यवस्था गरिएको छ।

घ) आयकर व्यवस्था: आर्थिक ऐन, सहकारी ऐन २०७५ नियम २०७६ संस्थाको विनिय २०६५ को अधिनमा रहि राष्ट्र निर्माणमा हामीले तिरेको करले योगदान पुगोस् भन्ने उद्देश्यका साथ संस्थाले यस आ.व.०८१।०८२ मा आयकर रु.१०,८५,९९१/१२ व्याजकर वापतको रु.१२,५०,७२९.०० कर्मचारी तलव तथा वोनस वापतको कर रु.५२,५३७/०० शेयर लाभांस कर रु.१,२२,२६३/९५ पूँजी फिर्ता कोषको कर रु.८१,७७०/०० मिटिङ्ग भत्ता बापतको रु.६७,८३०/– कमीसन तथा सप्लाइ बापतको रु.७,७०९। घरभाडा बापतको रु ३०,०००/–अडिट फि बापतको रु.५,२५। गरी जम्मा कर रु.२६,९९,३५५/०७ कर कार्यालय कलंकीमा समयमै दाखिला गरिएको जानकारी गराउँदछु।

ङ) तरलता व्यवस्था: आ.व. ०८१/०८२ को अन्त्य सम्ममा बैङ्क मौज्दातमा जम्मा रु.१०,४८,१५,४८५/५३ नगद मौज्दातमा जम्मा रु.६,७३,४३३१७१ हुन गई तरलता कुल दायित्व रकमको २७.६७% रहेको छ भने कुल चालु दायित्वको (वचत), ४५.१३% रहेको जानकारी गराउँदछु।

आदरणीय शेयर सदस्यज्यूहरु
अव म यस गरिमामय सभा समक्ष संस्थाले लिएको नीति तथा कार्यक्रम भावी योजना तथा अनुमानित बजेट बुँदागत रुपमा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
१) संस्थामा जम्मा हुन आएको वचत रकम, शेयर वापतको रकमलाई व्यवसायिक योजना तथा सदस्यहरुलाई उद्योग व्यवसाय सञ्चालन गर्नको लागि ऋणका साथ–साथै वचत फिर्ताको लागी यथेष्ट तरलता कायम राख्ने नीतिलाई कायम राखिनेछ। संस्थामा जम्मा हुन आएको शेयर वापतको रकमको ५०% र सदस्यहरुको व्यवसायिक सहभागिता, ऋण सापटका साथै सरकारी तथा गैह्र सरकारी संघ–संस्थाबाट प्राप्त अनुदान सहयोग, परियोजनागत सहयोग समेतको उपयोग गरी संस्थाको पञ्च बर्षिय ब्यवसायीक परियोजनामा लगानी गर्ने नीतिलाई अबलम्बन गरीने छ ।

२) हाम्रो सहकारी स्थापना दिवस माघ २५ गतेलाई संस्था र सदस्यहरुको सहभागितामा साता व्यापी विभिन्न सामाजिक कार्यक्रम गरि सम्पन्न गर्ने साथै विगत देखि सञ्चालन हुदै आएको महिला लघुवित्त कार्यक्रम लगायतका कार्यक्रमहरुलाई अझ प्रभावकारी ढङ्गबाट सञ्चालन गरिनेछ ।

३) सहकारी शिक्षा, अध्ययन भ्रमण, तालिम जस्ता कृयाकलापहरुमा संञ्चालकहरु, लेखा शुपरिवेक्षण समिति, उप–समितिहरु, कर्मचारी तथा सदस्यहरुलाई संलग्न गराई क्षमता अभिवृद्धिका साथै नेतृत्व तथा व्यक्तित्व विकास गर्ने कार्यको निरन्तरता दिईने छ।

४) संस्थाको वचतमा दिने व्याज तथा ऋणमा लिने व्याजको अन्तर अधिकतम ५.५% कायम गरिनेछ भने सहकारी ऐन नियम बमोजिम वचत तथा ऋणमा लाग्ने दै–दस्तुर, हर्जाना, विलम्ब शुल्कको निर्धारण सञ्चालक समितिले समय सापेक्ष निर्णय गर्ने छ। साथै २०८२ साल पौष मसान्त सम्म ऋण भुक्तानी गर्ने सदस्यहरुको हकमा ५०% हर्जना छुट गरिने छ।

५) विगत देखि प्रदान गर्दै आएको छात्रवृति तर्फ यस बर्ष पनि निरन्तरता दिइ विभिन्न सरकारी विद्यालय तथा नीजि विद्यालयहरुमा १८ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको छ भने आगामी दिनहरुमा पनि यस कार्यक्रमलाई निरन्तरता दिईने छ। साथै जेष्ठ नागरीकहरुलाई सम्मान, एकल महिला, उत्कृष्ट महिला समुह तथा अन्य सम्मानका कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ ।

६) विगतदेखि सञ्चालन हुदै आएको बहुआयामिक सदस्य मासिक बचत सञ्चालक समिति, लेखा शुपरीवेक्षण समिति, ऋण उप–समिति, योजना, महिला तथा लघुवित्त, शिक्षा, कृषि, स्वास्थ्य, उप–समितिहरू, सल्लाहकारहरु, कर्मचारीहरुलाई रु. १०००/– र सदस्यहरुलाई नियमित मासिक बचत रु. ५००।– अनिवार्य गरिने छ। साथै नियमित मासिक बचत नगर्ने सदस्यहरुलाइ ५ प्रतिशत जरिवाना लगाइने छ र सहकारीबाट प्रदान गरीने सेवा सुबिधामा समावेश गरीने छैन ।

७) विगतमा जस्तै यस आ.व. मा पनि रु. ३५,०००/– भन्दा बढी शेयर खरिद गर्ने सदस्यहरुको स्वास्थ्य वीमा रु. ५०,०००/– बराबरको बार्षिक वीमा संस्थाले गर्नेछ, भने अघिल्लो आ.ब. देखि रु ३,००,०००।– भन्दा बढी शेयर खरिद गर्ने सदस्यहरुको स्वास्थ्य वीमा रु.१,००,०००।– बराबरको बार्षिक वीमा संस्थाले गर्नेछ। साथै सदस्यहरुको आवधिक जिवन विमा, व्यवसाय विमा, खेति विमा, पशुपंक्षी विमा जस्ता कार्यक्रमलाई निरन्तरता दिईनेछ। स्वास्थ्य वीमाको लागी सम्र्पूण सदस्यहरुले संस्थामा सम्र्पक गर्न अनुरोध गर्दछु ।

८) विगतमा जस्तै यस वर्ष पनि सदस्य आकस्मिक कोषको व्यवस्था यथावत गरि जसमा सदस्य प्रबेश शुल्क, ऋण लिदाको बखतको सामान्य शुल्क र आर्थिक वर्षको अन्त्यको नाफा बाट ०.५% समेत समावेश गरि, भवितव्य पर्ने सदस्यहरुलाई रु ५०००।– देखि रु १५,०००/– सम्म आर्थिक अनुदान दिने र रु. ५०,०००।– फिर्ता गर्ने गरि बढिमा छ महिनाको लागि निव्र्याजी सापटी दिने व्यवस्था संस्थाले गर्नेछ। यसको लागी अनिबार्य मासिक बचत र न्युनतम शेयर रु.३५,०००/– हुनुपर्नेछ, अन्यथा यस कार्यक्रममा समाबेश गरिने छैन। साथै यसको मापदण्ड संचालक समितिले तय गर्नेछ।

९) व्यवसायिक तथा सामाजिक लक्ष्य हासिल गर्न “परनिर्भर हैन आत्मानिर्भर बनौं“ भन्ने नारालाई सफल पार्न नियमित बचत, शेयरमा वृद्धि तथा व्यवसायिक योजनाहरुमा निरन्तर जोड दिईने छ। आ.व.०८२।०८३ मा शेयर पूँजी रु ४,५०,००,०००/– (चार करोड पचास लाख) पुरÞ्याउने लक्ष्य रहेको छ ।

१०) संस्थाको काम कारवाही तथा हर–हिसाबहरु अभिलेख चुस्त दुरुस्त तथा पारदर्शी ढंगबाट राख्नको लागि चार खाता सहितको डे ईन्ड सफ्टवेयर प्रणालीको प्रयोग गरिने छ। सहकारी विभागले संचालनमा ल्याएको कोपोमिस (copomis) प्रणालीमा अभिलेख राख्ने कार्यक्रमलाई निरन्तरता दिईनेछ ।

११. आ.व.२०७९/०८० देखिनै सदस्यहरुको सेवा सुविधालाई मध्येनजर गरी बहुआयामिक मोफिन एप (Bahu Aayamik Mofin App) सहितको मोवाइल बैंकिङ्ग,  SMS सेवा, QR Code लगाएतका सुविधा संचालमा छ भने यो क्रम जारि राखिनेछ, साथै प्रविधिको भरपुर प्रयोग गर्न सबै सदस्यहरुमा अनुरोध गरिन्छ।

१२. सहकारी ऐन २०७४ र नियम २०७५ आर्थिक ऐन, संस्थाको आर्थिक प्रशासन कार्यविधि उप–विनियम २०७३ तथा संम्शोधन २०८१ बमोजिम संस्थालाई आवश्यक पर्ने घर जग्गा, सवारी साधान र सर–समानहरु आवश्यकता अनुसार खरिद गरिनेछ।

१३. संस्थामा रहेको सम्पतीको ह्रासकट्टी सहकारी ऐन तथा आर्थिक ऐन बमोजीम कट्टी गरिनेछ। साथै संस्थामा रहेको काम नलाग्ने सामानहरुलाई  Write–off गरिने छ।

१४. संस्थाले व्यवसायिक लगानी गर्ने, ऋण लगानी तथा कर्जा सापटी लिने अन्य संघ संस्थाको शेयर खरिद गर्ने व्यवस्था संस्थाको हितलाई दृष्टिगत गरी सञ्चालक समितिले अनुमोदन गर्नेगरी व्यवस्थापन पक्षले कार्यान्वयन गर्नको लागी निर्णायर्थ पेश गर्दछु । साथै रु.५,००,०००/– (पाँच लाख) भन्दा बढी धितो ऋण लगानीको लागि प्राबिधिक मूल्याङ्कन अनिबार्य गरीनेछ ।

१५. संस्थाले विगतका वर्षहरुमा जस्तै क्यालेन्डर प्रकाशन, सहकारी संघ, संगठनसँग आवद्धता, सहकारी आन्दोलन सभा, समारोह, सम्मेलनहरुमा सक्रिय रुपमा सहभागी हुने कार्य निरन्तर जारी राखिनेछ ।

१६. आर्थिक वर्ष ०८२/०८३ को लागि लेखा परीक्षकको वैकल्पिकको समेत नियूक्ति तथा पारिश्रमिक तोक्न निर्णया पेश गर्दछु।

१७.Money Transfer, Himal Remit ,IME Pay विगत देखि सञ्चालन भैरहेको छ यसलाई निरन्तरता दिइनेछ ।

१८. कर्मचारीहरुको भविष्यलाई दृष्टिगत गरी संचय कोषमा विगतका वर्षहरुमा जस्तै कर्मचारी संचय कोषमा कट्टा हुने १०% रकम र संस्थाले थप गर्ने १०७ गरि जम्मा २०% कर्मचारी संचय कोषमा अनिबार्य दाखिला एथावत कायम राखिनेछ ।

१९. संस्थाको लक्ष्य तथा उद्देश्य परिपूर्ति गर्नको लागि कृषिजन्य व्यवसाय सञ्चालन गर्न तथा संस्थाको शेयरधनी सदस्यहरुको माग अनुसार संस्थाको कार्यक्षेत्र वृद्धि गर्नको लागि सम्बन्धित निकायसँग पहल गरिनेछ ।

२०. सहकारी ऐन नियम बमोजिम कुनै पनि सहकारी संस्थासँग औचित्यको आधारमा ऐकिकरण गर्ने नीतिलाइ अवलम्बन गरिने छ।

२१. आ.ब. २०८१/८२ देखि हाल सम्मको संचालक समिति र लेखा सुपरिबेक्षण समितिले संस्थाको हितलाई दृष्टिगत गरी गरेका निर्णयहरु पारितको लागि अनुरोध गर्दछु।

२२. संस्थाका संचालक समिति लेखा समितिका पदाधिकारी तथा सदस्य, उप समितिहरुका संयोजक तथा सदस्य, व्यवस्थापक लगाएत कर्मचारीले प्रत्यक्ष वा अप्रत्यक्ष संस्थामा गरेको कारोबार पेश्की अधिकतम १५ देखि ९० दिन भित्र भुक्तानी नगरेमा सहकारी ऐन २०७४ सहकारी नियम २०७५ तथा सहकारी संस्थाको आर्थिक प्रसासन कार्यविधि बमोजिम उक्त पेश्की रकमलाई ऋणमा परिणत गरी साँवा ब्याज अशुल उपर गरिनेछ।

२३. सत्रौं वार्षिक साधारणसभामा संस्थाको तर्फबाट प्रस्तुत गरिएको नीति तथा कार्यक्रम, वार्षिक प्रतिवेदन, आ.व.०८१/०८२ को लेखा शुपरीवेक्षण समिति प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, आ.व.०८२/०८३ को लागि विनियोजित बजेट, सहकारी ऐन २०७४ नियम २०७५ तथा स्थानीय तह सहकारी ऐन, नियम बमोजिम संस्थाको विनियम संसोधन, शेयर रकममा वृद्धि, उपविनियम परिमार्जन, सम्पति शुद्धिकरण कार्यविधि, आन्तरिक कार्यविधि पारित लगायत यस सभामा प्रस्तुत विषयवस्तुहरु माथि गहन अध्ययन तथा छलफल गरी अनुमोदनका लागि अनुरोध गर्दछु। साथै निर्णय पुस्तिका प्रमाणित गर्न शेयर सदस्यहरु मध्येबाट प्रतिनिधिहरु तोक्न निर्णयार्थ प्रस्ताव पेश गर्दछु।

२४. संस्थाले प्रदान गर्ने सम्पूर्ण सेवाहरुको बारेमा जानकारी प्रदान गर्नको लागि सदस्य बडापत्रलाई डिजिटलाइज गरी एकिकृत मोबाईल एपको विकास गरी सञ्चालन गरिनेछ ।

२५. सदस्यहरुको वित्तीय सेवामा सहजता प्रदान गर्नको लागि राष्ट्रिय सहकारी बैंकको कोप कार्ड प्रयोगमा ल्याइनेछ ।

२६. सदस्यको वित्तीय व्यवहार परिवर्तनका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिनेछ।

आदरणीय सेयर सदस्यज्यूहरु,
संस्थाको संचालक समिति तथा लेखा समितिको ४ वर्षे कार्य काल समाप्त यही पौष २९ गते देखि हुने भएकाले यस अवधिभर संस्थाको हितमा कार्यगरी सहयोग गर्नुहुने सम्पूर्ण संस्थाका संचालक समिति तथा लेखा शुपरिवेक्षण समितिका साथीहरु, सल्लाहकार लगाएत उपसमितिहरुका साथीहरु सम्पूर्णलाई धन्यबाद दिदै आगामी दिनहरुमा समेत यहाँहरुको सहयोगको अपेक्षा गर्दै हालको मौजुदा संचालक समिति, लेखा सुपरिवेक्षण समिति र ऋण उपसमिति लगाएत सपूर्ण उपसमितिहरु सहकारी ऐन २०७४ नियम२०७५ तथा सहकारि नियमन प्राधिकरण निर्देशिका २०८१ र संस्थाको बिनियम २०६५ को संसोधन सहित बमोजिम अजैबाटभंग भएको जानकारी गराउँदछु। साथै आज चयन हुने संचाल तथा लेखा समिति अध्यक्ष, संयोजक पदाधिकारीहरु लगाएत सदस्यहरु समेतलाई आगामी सफल कार्यकालको लाग सुभकामना सहित बधाई ज्ञापन गर्दछौं ।

अन्तमा, आज यस सभामा प्रस्तुत सम्पूर्ण विषयवस्तु माथि गहन अध्ययन तथा छलफल गरी यस गरिमसभाले सहि मार्गदर्शन गर्नेछ भन्ने अपेक्षाका साथ, संस्थाको प्रगति तथा उन्नतिका लागि केवल शेयरधनी सदस्यता हैसियतमा मात्र सीमित नरही व्यवसायिक सहयोगीको रुपमा सहकारीको मर्म, भावना र उद्देश्य अनुरुप सहकार्य मूल मन्त्रलाई आत्मासाथ गर्दै आ–आफ्नो क्षेत्रबाट अमूल्य योगदान दिन हुनेछ भन्ने पूर्ण विश्वासका साथ सम् शेयरधनी सदस्यहरु माझ कृतज्ञता जाहेर गर्दै सत्रौं बार्षिक साधारणसभाबाट पारित हुने सम्पूर्ण विषयबस्तुहरु संस्थाले पूर्ण रुपमा कार्यान्वयन गर्नेछ भन्दै आजको गरिमामय सभाबाट सम्मानित हुनुहुने जेष्ठ नागरिक एकल महिला शेयर सदस्यज्यूहरु, ऋण उपसमिति, महिला लघुवित्त उप–समिति, कृषि, योजना, स्वास्थ्य, शिक्षा उप–समितिका सद व्यवसायी कर्मचारी लगाएत सम्मानित व्यक्तित्वज्यूहरु, सल्लाहकार ज्यूहरु, संचालक समिति लेखा सुपरिवेक्षण  सहयोगी साथीहरु, पत्रकार मित्रहरु कर्मचारी लगाएत उपस्थित सबैमा हार्दीक आभार प्रकट गर्दै पुन: धन्यवाद कृतज्ञता ज्ञापन गर्दछु। धन्यवाद ।। जय सहकारी ।।
ध्रुव प्रसाद खनाल
अध्यक्ष
बहुआयामिक कृषि वचत तथा ऋण सहकारी संस्था
नागार्जुन–०४, काठमाण्डौ