भोट हालिसकेपछि मतदानस्थलमा प्रतिनिधिसँग फोटो सेसनमा ओली

नेकपा एमालेको अध्यक्षका प्रत्यासी केपी शर्मा ओली नयाँ नेतृत्व चयनका लागि मतदान गरेपछि कार्यकर्तासँग गफगाफमा लागेका छन् । अध्यक्षका अर्का प्रत्यासी ईश्वर पोखरेलसँगै मतदान गरेपछि ओली कार्यकर्तासँग गफगाफमा लागेका हुन् । ओलीसँग कार्यकर्ताले फोटो र सेल्फी खिचिरहेका छन् ।

नयाँ नेतृत्व चयनका लागि बिहान ९ बजेबाट मतदान शुरू भएको हो । एकपटकमा ८० जनाले मतदान गर्न मिल्ने गरी व्यवस्था गरिएको छ ।