सत्य र असत्य, सुर र असुर, देव र दानव सत्ययुग देखिकै कुरो हो । हिँसा रुचाउने भनिएका असुरका गुरु हुन् शुक्राचार्य र अहिँसा रुचाउने देवताका गुरु हुन् वृहस्पति । सुर र असुर एकै बाबु कश्यपका सन्तान हुन् । कश्यपकी पत्नी दितीबाट दानवहरु जन्मे, अदितीबाट देवताहरु । देवताहरुले गुरु, वृहस्पतिलाई बनाए भने दानव भनौँ असुरहरुले गुरु बनाए शुक्राचार्यलाई । वृहस्पति र शुक्र फरक होइनन् शरिरले, तर आचरण फरक रह्यो व्यवहारले । असुर पक्षधर शुक्र मदिरामा पनि रमाउँथे भने सुर प्रिय वृहस्पति अमृतमा मात्र । यी दुवैको उदय र अस्त हुन्छ । पृथ्वी खासमा यो कलियुगमा हामी सुर पनि छौँ र असुर पनि । हामी यहाँ जे काम गर्छौँ गुरुहरुको सान्निध्य जरुरी छ । तिनको उदयमा गरिएका कामले सफलता पाउँछन् भने अस्त हुँदा तिनको दृष्टि हुन्न र हामीले कर्मफल प्राप्त गर्न सक्दैनौँ ।
यही ०८२ मार्ग २७ गते शनिबार १२ः२५ देखि शुक्र ग्रह पूर्वमा अस्त भएका र यी आउने माघ १५ वृहस्पतिबार २५ः२९ बजे पश्चिम दिशामा उदाउने छन् । यसअघि यसै साल जेठ २९ गते गुरु पश्चिम दिशामा सत्र सात बजे अस्त र असार २२ गते पूर्व दिशामा ६ त्रिपन्नमा उदाएका थिए । शुक्र र वृहस्पति अस्ताएका बेला गर्न नहुने कार्यहरु शास्त्रले यस प्रकार तोकेको छ । वाप्यारामतडागकूपभवनारम्भप्रतिष्ठे व्रतारम्भोत्सर्गवधूप्रवेशन महादानानि सोमाष्टके । गोदानाग्रयण प्रपा प्रथमकोपाकर्मवेदव्रतनीलोद्वामथातिपन्नशिशुस्कारान् सुरस्थापनम् ।। दीक्षा मौन्जि विवाह मुण्डनपूर्वदेवतीर्थेक्षणं संन्यासाग्निपरिग्रहौ नृपतिसन्दर्शाऽभिषेकौ गमम् । चातुर्मास्यसमावृती श्रवणयोर्वेधं परीक्षां त्यजेद्वृद्धत्वास्तशिशुत्व इज्य सितयोन्र्यूनाधिमासे तथा ।।
अर्थात् स्नान, सन्ध्या, पान्चायन पूजा, दूर्गा पूजा, तुलसी विवाह, तुलसी हवन जस्ता नित्य कर्महरु र श्राद्ध, तर्पण, आशौच, मृतकार्य आनि नैमित्तक कार्यहरु गुरु शुक्र अस्तमा गर्न हुन्छ र काम्य कर्म भनौँ वाग्, वगैचा निर्माण, इनार, कुवा, तलाउ, जलाशय, मन्दिर निर्माण, गृहारम्भ, गृह प्रवेश, देव स्थापना, प्राणप्रतिष्ठा आदि र चान्द्रायण आदिको व्रतारम्भ, उद्यापन कार्य, बधु प्रवेश, तुला आदि महादान, प्रथम उपाकर्म, वेदव्रत, वृषोत्सर्ग, शिशुको अतिक्रान्त संस्कार, दीक्षाग्रहण, चूडा, व्रतबन्ध, विवाह, पहिलो देव दर्शन, पहिलो तीर्थयात्रा, अग्निहोत्रादि कर्म, सन्यास व्रत, पहिलो राज दर्शन, राज्याभिषेक, समावर्तन कर्णवेध, दिव्य परीक्षा आदि कार्य गर्नु हुन्न, दोष लाग्छ । गुरु, शुक्रको बाल, वृद्ध अबस्था अनि क्षयमास, मलमास र विश्वघस्र पक्षमा पनि गर्नु हुन्न । शुक्र, वृहस्पति हाम्रा कर्मका साक्षी हुन्, फलदाता पनि, तिनलाई साक्षी नराखी गरिएका कर्मको फल हामीले पाउँदैनौँ, ती अस्त भएका बेला हाम्रो काम देख्दैनन्, हरदम ती उदय भइरहन्नन् ।
नव ग्रहका राजा सूर्य हुन् हाम्रा आत्मेश्वर, दिउसोका साछी, रातका साछी हुन् चन्द्र हाम्रा मनका कारक ग्रह, ती पनि पूर्ण हुन्नन्, शुक्ल पूर्णिमामा मात्र महिनामा एक दिन पूर्ण हुन्छन् चन्द्रमा जसलाई हिजोआजको भाषामा पूmलमुन भनिन्छ । हाम्रो मास, तिथि, औँसी, पूर्णिमा सबै १२ राशि, २७ नक्षत्र सम्बद्ध छन् । वर्षको बाह्र महिना हरेक एक महिनामा सूर्य एक राशिमा परिभ्रमण गर्छन्, जस्तै राशिको पहिलो नाम मेषमा सूर्य वैशाख महिनामा हुन्छन् भने क्रमशः बाह्रौँ राशि मीनमा सूर्य चैत्रमा हुन्छन् । वार्षिक, एक वर्ष भनौँ सूर्यमासले बाह्र महिनामा ३६५ दिन हुन्छ र चान्द्रमासले तिथिअनुसार ३५४ दिन हुन्छ, करिव एक वर्षमा १० दिनको पृथकताले बढी हुने दिन तिथिसंग मेल गराउँदा लगभग ३ वर्षमा एक अधिकमास हुन्छ र आउने वर्ष ०८३ जेठमा यस्तो मास परेको छ र अधिक, या क्षय मासमा पनि माथि भनिएका कर्महरु गर्नु हुन्न । संक्रान्ति विनाको मास अधिक मास हुन्छ भने १५ दिने पक्ष १३ दिन मात्र हुँदा विश्वघस्र पक्ष हुन्छ कहिलेकहीँ मात्र पर्छ यो ।
चन्द्र र सूर्यको मेल पनि के छ भने वैशाखको औँसीका चन्द्रमा मेष राशिमै हुन्छन्, जेठ औँसीका चन्द्रमा वृषमै हुन्छन्, आषाढ औँसीका चन्द्रमा मिथुनमै, श्रावण औँसीका कर्कटमै, भाद्र औँसीका सिँहमै, आश्विन औँसीका कन्यामै, कार्तिक औँसीका तुलामै, मार्ग औँसीका वृश्चिकमै, पौष औँसीका धनमै, माघ औँसीका मकरमै, फाल्गुण औँसीका कुम्भमै र चैत्र औँसीका मीनराशिमै हुन्छन् चन्द्रमा । अभिजित् सहित नक्षत्र २८ भनिन्छ तर गिन्तीमा यी २७ नै हुन्छन् । एक नक्षत्रमा ४ चरण हुन्छन् एक नक्षत्रले ६० घडी भोग गर्छ, एक घडीमा २४ मिनेट हुन्छ, २ नक्षत्र र तेस्रोको एक चरणले एक राशि हुन्छ । अश्विनीदेखि रेवती सम्मका २७ नक्षत्रमा चन्द्रमाले भोग गर्छन्, २७ नक्षत्र ती कन्याहरुले चन्द्रमासंग सामूहिक विहे गरे, २७ मा अतिप्रिया रहिन् रोहिणी । अन्य पत्नीहरुले चन्द्रपतिले आप्mना बाबुसंग कम प्रेम गरेको भन्ने उजुरी गर्दा ससुराले उनलाई नराम्रो अनुहार होस् भनी श्राप गरेका र गणेशको भद्दा शरिरप्रति चन्द्रमाले घृणा गरेकाले समेत गणेशजी क्रुद्ध भई नराम्रो देखिने श्राप परेकाले चन्द्रमा सधैँ पूर्ण हुन्नन्, अधुरो, अपूर्ण र गणेशसंग क्षमा मागेकाले महिनामा एक दिन पूर्णिमामा पूर्ण अनुहारका भएका हुन् ।
नक्षत्रको महिना र राशिगत मिलन के छ भने विशाखा नक्षत्रले वैशाख, ज्येष्ठा नक्षत्रले ज्येष्ठ, पूर्वाषाढा बा उत्तरषाढाले आषाढ, श्रवण नक्षत्रले श्रावण, पूर्वभाद्रपदा बा उत्तरभाद्रपदाले भाद्र, अश्विनीले आश्विन, कृतिकाले कार्तिक, मृगशिराले मार्गशीर्ष, पूष्यले पौष, मघाले माघ, पूर्वाफाल्गुणी बा उत्तराफाल्गुणीले फाल्गुण, चित्रा नक्षत्रले चैत्र हुन्छ । हिजोआज हामी महिनाको नाम पनि शुद्ध लेख्न जान्दैनौँ, ज्येष्ठलाई जेठ भन्छौँ, आषाढलाई असार यस्तै यस्तैमा हामी अभ्यस्त भइसकेका छौँ ।
संसारमा ३ गुण विद्यमान छ, रज, तम र सत्य, समय पनि भूत, वर्तमान र भविष्य ३ प्रकारको छ । संसार यसैमा चलेको छ, सृष्टि, स्थिति र संहार अनि हामी पनि । मानिसको ३ गुण छ राजसी, तामसी र सात्विक । तमोगुण अँध्यारो हो, रजो गुण केही उज्यालो धेरै अँध्यारो हो र सत्व गुण पूर्ण प्रकाश हो, आभा हो । ईश्वर यी ३ गुणमै भिन्न छ, ऊ गुणातीत हो, कालभन्दा पृथक छ त्यसैले इँश्वर कालातीत हो, ऊ प्रकृतिदेखि पर छ, हामी प्रकतिभित्र छौँ, हामीसंग कहिले कुन गुण कहिले कुन गुंण हुने गर्छ, सत्व गुण नै हावी हुने हो भने देवता नै हुन्छ, यद्यपि देव भन्नु र ईश्वर त्यसभन्दा माथि परमेश्वर भन्नु सर्वोच्च हो । अतः देवताहरु पनि परमपुरुष, परमात्मा, परमेश्वरको चिन्तन गर्छन्, स्वर्ग अस्थायी डेरा हो तिनको गोलोक तिनको आश्रयस्थल हो, गोलोकमा नामधारी पृथक देवता हुन्न एकमात्र अविनाशी हुन्छ, अव्यय र अखण्ड, अनि अजन्मा, अलौकिक पनि । हामी लौकिक भएकाले भ्रममा छौँ, अलौकिक हुँदा मात्र भ्रम टुट्छ र मोहको क्षय भई मोक्ष हुन्छ, कर्मको खेती गरुन्जेल र भक्तिमार्गमा विश्राम नलिउन्जेल जन्म मृत्युको चक्कर चलि नै रहन्छ, अनेकानेक योनिहरुमा भड्किरहनु पर्छ । अज्ञानताको पर्दा नहटेसम्म मोक्ष सम्भव छैन, ती पर्दाहरु हजारौँ हजार छन् र मोटामोटी रुपमा ३२ वटा छन्, ती ३२ पर्दाले ईश्वरमा छेकबार लगाएको हुन्छ र सहजै ईश्वर आपूmसंग भएको भान नै हुन्न, कर्म गरेर धर्म बा ईश्वर प्राप्ति भन्दा पनि नगर्दा बढी दोष लाग्छ । अतः कर्म गर्नुपर्छ तर कसैलाई साक्षी राखेर, कुशलतापूर्वक । कर्म गर्दाका प्रत्यक्ष साक्षी बस्ने त सात्विक भावका लौकिक गुरुहरु होलान् तर अप्रत्यक्षका गुरु वृहस्पति र शुक्र पनि हुन्, तिनले नदेख्ने गरी ठूला पुण्य बा शुभ कर्म नगर्न यसैले भनिएको हो । हाम्रो पन्चाँग र समय देवसंबद्ध छ, देश पनि देवभूमि हो र त यहाँ आराध्यदेव पशुपतिनाथ सबैका मालिक रहेका छन् ।
गुरु र शुक्रः उदय र अस्त
अच्युतप्रसाद पौडेल ‘चिन्तन’