कुलमान घिसिङ फेरि वार्तामा समावेश, जेनजी अभियानीले सहजीकरण

काठमाडौंका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेसँग भएको वार्तामा छुटेका कुलमान घिसिङलाई जेनजी अभियानीहरूले फेरि वार्तामा समावेश गरिरहेका छन्।

सुदन गुरूङ, जेम्स कार्की र ओजस्वी थापासहितका अभियानीहरूले कुलमानलाई वार्ता स्थलमा लैजान सहयोग गरिरहेका छन्। कुलमानले रास्वपामा सह-सभापति पद र समानुपातिक तथा प्रत्यक्ष उम्मेदवारतर्फ ३० प्रतिशत हिस्साको माग गरेका थिए। तर रास्वपा पक्षले १५ प्रतिशतभन्दा बढी भाग दिन नसकिने भन्दै सहसभापति नभई उपसभापति पद प्रस्ताव गरेको थियो। कुलमानले प्रस्ताव अस्वीकार गरेपछि वार्ता अनिर्णित बनेको थियो, र अब जेनजीहरूको सहजीकरणमा फेरि सुरु हुन लागेको छ।