कुलमानले भने- समानुपातिक सूची सच्याउँछौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति कुलमान घिसिङले समानुपातिक निर्वाचन प्रणालीको बन्द सूचीमा आफूविरुद्ध फैलाइएका नियोजित टिकाटिप्पणी भइरहेको बताएका छन् ।सामाजिक सञ्जालमा केही उम्मेदवारलाई आफूसँग जोडेर फैलाइएको भ्रमपूर्ण टिकाटिप्पणी नियोजित भएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

उनले लेखेका छन्, ‘चर्चामा ‘भान्जा’ भनेर उल्लेख गरिएका व्यक्ति मेरो भान्जा होइनन्, साथै उनी उज्यालो नेपाल पार्टीको तर्फबाट नभई अर्कै टिमबाट सिफारिस भएका व्यक्ति हुन् । त्यसैगरी, समानुपातिक सूचीमा रहेका र मेरो ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति पनि मेरो आफ्नो ससुरा नभएको स्पष्ट पार्न चाहन्छु ।’

उनले स्पष्ट पार्दै भनेका छन्, समानुपातिक सूची पार्टीको विधि र सामूहिक निर्णयले तयार भएको जिकिर गरेका छन्। उनले नातावाद र स्वार्थको राजनीतिविरुद्ध आफ्नो इमानदार यात्रामा यस्ता हल्ला र आरोप दु:खद रहेको बताए। साथै, प्राविधिक त्रुटिहरू निर्वाचन आयोगको समयभित्र सच्याइने प्रतिबद्धता समेत जनाएका छन्।

घिसिङले आफू आज पनि पारदर्शिता, इमानदारी र जनताप्रतिको जवाफदेहितामा दृढ रहेको उल्लेख गरेका छन्।