रबि लामिछाने, बालेन शाह लगायतका राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले सधै पुराना पार्टीका नेताहरुले देश बिगारेको आरोप लगाउने गरेका छन। पटक–पटक सरकारमा पुगेका कांग्रेस, एमाले लगायत दलले देश बिगारेकोले वैकल्पिक राजनीतिक नयाँ सहित रास्वपा आएको दाबी पनि गर्ने गरेका छन । पुराना दलको भनाई र गराई नमिलेको उनीहरु सिद्धान्त बमोजिम नचल्दा देशमा कुशासन र बेरोजगारी बढेको दाबि गर्ने गरेका छन । तर स्वयम रास्वपाको व्यवहार हेर्दा पनि उनीहरुले मौका पाए पनि पुरा नै दलले गरेका बिकृती दोहोराउने देखिन्छ । यसको ज्वलन्त उदाहरण पछिल्लो समानुपातिक उम्मेदवारको सुचि हेर्दा थाहा हुन्छ ।
उनीहरुले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकको सूचीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा सचिन ढकालको नाम राखेका छन । रास्वपाले प्रतिनिधि सभा निर्वाचनका लागि ११० जनाको समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएकोमा त्यसमा खस आर्यतर्फ ढकालको नाम समेटिएको छ । ढकाल बालेनको कोटाबाट समानुपातिक सूचीमा परेका हुन् । उनको नाम खस आर्यको २ नम्बर सूचीमा छ ।
स्मरणीय छ, रबि लामिछाने र बालेन शाहले आफुहरु जेनजीको पक्षमा भएको भन्छन तर जेनजी आन्दोलनका क्रममा भष्ट भन्दै चन्द्र ढकालको चन्द्रागिरि हिल्स्मा पनि तोडफोड भएको थियो । जेनजीले कारवाही गरेका ढकालले रबि लामिछानेलाई धरौटीको रकम राख्न सहयोग गर्ने गरेको धेरैको अनुमान छ । यही गुन तिर्न उनले चन्द्र ढकालका छोरालाई समानुपातिकमा राखेको अनुमान छ । पैसा खाएर रबि बालेनले समानुपातिकमा ढकालको पुत्र राखे पछि सामाजिक सञ्जालमा त्यसको बिरोध भएको छ । यस्तै बिरोध गर्दै प्रकाश भट्राईले आफ्नो फेसबुकमा लेख्दछन ।
एउटै पुस्ताका दुई ’ढकाल’हरूको नियति हेर्नुहोस्। एउटा गरिबको छोरा सन्तनु ढकाल जसले व्यवस्था बदल्न सडकमा छाती थाप्यो र जेन–जी आन्दोलनमा गोली लागेर झण्डै मृत्युको मुखमा पुग्यो। अर्को धनीको छोरा सचिन ढकाल जो बाहिर गोली चल्दा एयर कन्डिसन (AC) को चिसो हावा खाँदै कोठामै सुरक्षित थियो तर आज उही सचिन समानुपातिकको सुचीमा सिफारिस भएर सत्ताको स्वाद चाख्ने लाइनमा छ।
कस्तो विडम्बना ! गरिबको छोराले रगत बगाउनुपर्ने अनि धनीको छोराले त्यही रगतको जगमा बनेको कुर्सीमा बस्न रजाईँ गर्नुपर्ने ? सन्तनुले ’गोली’ पाउने र सचिनले ’झोली’ पाउने यो कस्तो न्याय हो ? बलिदान सधैँ सन्तनुहरूको अनि पद र प्रतिष्ठा सधैँ सचिनहरूको ! धिक्कार छ यस्तो प्रवृत्तिलाई ! यस्तै फेसबुकमै दिल निसानी मगर लेख्दछन । एउटा गरिबको छोरा सन्तनु ढकाल जेन–जी आन्दोलनमा गोली लागेर झण्डै मर्यो, अर्को धनीको छोरा सचिन ढकाल एयर कण्डिसनवाला रुम भित्रै बसेर पनि समानुपातिक सिफारिस भयो। संसारभरी हुने क्रान्तिहरुमा भूई मान्छेहरुले रगत बगाउँछन्, र त्यसको लाभ धनाड्य वर्गले उठाउँछन्।
घाइतेहरु अस्पतालमा छट्पटाइरहेका बेला कता थिए मिस नेपालहरु, गोलस्टार जुत्ताका साहुनीहरु, टेलिभिजनका होस्टहरु अनि कुलामानका ससुरा बा र भान्जाहरु । सायद तिनीहरु पनि एयर कण्डिसनवाला रुम भित्रै बसेर ‘ओ माई गड, सो डेन्जरस’ भन्दै कोल्ड कफी पिउदै थिए होलान् ।
यस्तै रास्वपाकै सांसद तोसिमा कार्कीले लेखेकी छन्, ‘समानुपातिकको अवधारणा नै भौगोलिक विकटताले ठाउँ पाओस्, पहुँच र पावर नभएका तर सक्षमहरुले प्रतिनिधित्व पाउन् भनेर राखिएको हो । सूचीले विपन्नलाई पनि ठाउँ दिनुपर्छ । सूचीले कर्णाली बोल्नुपर्छ । सुदूरपश्चिम बोल्नुपर्छ । सूचीले गाउँ बोल्नुपर्छ । तर, पार्टीको नेतृत्वका आफन्तहरु र पार्टीको भाइटल पोष्टमा हुनेहरु नै समानुपातिक सूचीको लागि आकाङ्क्षी हुनु र त्यही आफ्नो स्पेस बनाउनु/बनाइनुले समानुपातिक प्रविधिको औचित्यमाथि नै प्रश्न गरेको छ। समानुपातिकले समावेश गराउनुपर्छ निषेध होइन !’
त्यसैले नेपालीमा एउटा उखान छ, जुन जोगी आए पनि कान चिरेको भने जस्तै पुराना दललाई पैसा खाए नातावाद कृपावादमा फसे भनेर कुर्लिने नयाँहरु पनि मैका पाउदा के कम रहेछन् र ? मैका पाउदा जेनजीको नाम लिदै जेनजीले कारबाही गरेका चन्द्र ढकालहरुलाई नै पुरस्कृत गर्दा रहेछन् ।


















