भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न आदेश दिएको छ । अमेरिकी सुरक्षाबलको कारबाहीका क्रममा राष्ट्रपति निकोलास मादुरो शनिबार बिहानै पक्राउ परेपछि अदालतले उक्त निर्णय गरेको हो ।
मादुरोको अनुपस्थितिमा रोड्रिगेजले प्रशासनिक निरन्तरता सुनिश्चित गर्न तथा राष्ट्रको समग्र रक्षा गर्न भेनेजुएलाको बोलिभेरियन गणतन्त्रको राष्ट्रपतिको पद सम्हाल्ने छिन् ।


















