बढ्यो सुनचाँदीको मूल्य

साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा तीन हजार एक सय रूपैयाँले बढेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला दुई लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुन प्रतितोला दुई लाख ६५ हजार रूपैयाँमा किनबेच भएको थियो।यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा चार हजार ६ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार आठ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ९५ रूपैयाँ बढेको हो।