skip this वडा नं १६ बालाजु च:मती

नीति निर्माण तहमा हस्तक्षेप गर्न म आफै उम्मेदवार बनेको छु :डा तेजबहादुर रोक्का, समाजसेवी व्यक्तित्व एवं राजनीतिकर्मी

तपाई हिन्दु परिवारमा जन्मिएर हुर्किएको व्यक्ति कसरी क्रिश्चियन धर्मको अनुयायी हुनुभयो ?
मेरो जन्म नेपालको दुर्गम जिल्ला मानिने ओखलढृङ्गामा भएको हो । तपाईले प्रश्न गर्नु भए जस्तै मेरो आमा बुवा स्वभावैले हिन्दु धर्म प्रति आस्थावान हुनुहुन्थ्यो । म बालकै हुँदा हामी पहाडबाट बसाई सरेर मधेशको सर्लाही जिल्लामा गयौं । मधेश बसाई सरेको केही समय पछि नै मेरी आमा गम्भिर रुपले बिरामी हुनुभयो । मधेशमा त्यसबेला उहाँको उपचार गर्न राम्रो अस्पत्ता थिएन । उपचारको निम्ती कि त सिमापारी भारततर्फ जानु पर्दथ्यो कि काठमाडौको बीर अस्पत्तालमा नै आउनु पर्दथ्यो ।

काठमाडौ आउन र भारत जान दुबै सहशज थिएन । हामीले गाँउ घरमा जे जस्ता उपचार गर्न सक्थ्यौ आमालाई त्यही उपचार गर्यो तर बचाउन सकेनौ ,दुई बर्षको निरन्तर उपचार पछि आमाको देहान्त भयो । आमाको देहान्तको घटनाले हाम्रो परिवारमा ठुलो चोट पर्यो । हाम्रो परिवारमा बुवा र हामी सबै माथि दुख थपियो । त्यती बेला म स्कुल जाने उमेरको थिए । स्कुल कहाँ जाने भन्ने बुझ्दै गर्दा हाम्रो तत्कालिन गाँउ पञ्चायतका प्रधानपञ्च प्रेमदयाल प्रधानले गाउमै बजार र स्कुल समेत चलाउनुभएको थाहा पायौ । उहाँले एउटा होस्टल पनि चलाउनुभएको थियो । जहाँ बिभिन्न दुर्गम जिल्लाका ३ सय भन्दा बढि असाय र पढ्न गाह्रो पर्ने बिद्यार्थीलाई निशुल्क खान बस्न दिएर पढाउनु भएको थियो । मैले पनि त्यहाँ पढ्ने अवसर पाएँ । प्रेम दयाल प्रधान साच्चै ने दयालु रसहयोगि हुनुहून्थ्यो । उहाँ लोकप्रिय भएकै कारण पञ्चायतकालमा तीन पटक र बहुदल आएपछि समेत गा.बि.स अध्यक्षमा निर्वाचित हुनुभयो । बहुदल आएपछि गाबिस अध्यक्ष भएकै बेला उहाँको देहान्त भयो ।

प्रेम दयाल प्रधान सर जो स्कुलको संञ्चालक हुनुहुन्थ्यो उहाँले सधै जसो अरु ३/४ जनासंग एउटा कोठामा बसेर हातमा ठुलो किताब लिएर प्राथना गर्नुहुथ्यो । त्यो बेला देशमा पञ्चायतकाल थियो जहाँ अहिले जस्तो खुला समाज थिएन , सायद त्यही भएर होला प्रेम दयाल सरले बन्द कोठा भित्र प्राथना गर्नु हुन्थ्यो । उहाँले के को प्राथना गर्नु भएको हो ? हातको ठुलो ग्रन्थ के हो भन्ने पनि हामीलाई थाहा थिएन । पछि मात्र थाहा पायौ त्यो मोटो ठुलो ग्रन्थ धार्मिक ग्रन्थ बाईबल रहेछ । प्रेम दयालले त्यसकै शिक्षालाई प्रेणाको रुपमा लिनु हुँदो रहेछ । २०४५सालको अन्त्य तिर हाम्रो बिद्यालयमा एउटा ठुलो क्याप्प भयो । त्यो सहभागि भएका सहभागिहरुले मान्छेका जीवनमा घटेका घटनाहरुले कसरी उसको जीवनको मार्गमा रुपान्तरण ल्याउँछ भनेर आफ्ना जीवन कथाहरु सुनाउनुभयो ।कार्यक्रममा सहभागिले बिभिन्न भजन गाउनुभयो कबिताहरु सुनाउनु भयो । ।

ती दिनहरु मेरो मुमाको देहान्त पछिका दिन थिए त्यसैले ती दिनहरुमा म आमा गुमाएको शोकमा थिए आमाको प्रेमको भोको थिए । मैले बिपनामा त आमालाई स्वभाविक रुपमा सम्झन्थे तर विपनामा मात्र होईन सपनामा पनि आमालाई देख्थे ।सपनाबाट जाग्दा आमा बिति सकेको सम्झदा आमाको झनै बढी याद आउथ्यो । यस्तै दिनहरुमा भएको त्यो कार्यक्रममा सहभागिहरुले एउटा सन्देश दिन भयो जुन पछि मैले कन्ठ पनि गरे । प्रमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो ।

उहाँमाथि बिस्वास गर्ने प्रत्यकको नास नहोस,त्यसले अनन्त जीवन पाओस । यो शन्देश मैले कन्ठ गरेर कार्यक्रमा पनि सुनाए । कार्यक्रममा सुनाउदा साथीहरुले ताली बजाएर उत्साहित गर्नुभयो । कार्यक्रम भएको दिनको साँझ पनि सधै जस्तै सुत्ने बेलामा आमाको सम्झना आयो तर त्यो साँझ मैले सोचे मेरी आमा अब म संग हुनु हुन्न । त्यस पछि कन्ठ गरेको श्वलोक सम्झिए जुन जिसस क्राईष्टले भन्नु भएको रहेछ । अनि मलाई त्यो साँझ अनुभुति भयो , अब मेरी आमा त हुनु हुन्न ।वहाँलाई त जलाएर खरानी बनाई सकियो । तर मलाई लाग्यो हामीलाई प्रेम गर्ने कोही हुनु हुन्छ जो सृष्टी कर्ता हुनुहुन्छ । उहाँलाई प्रमे गरे प्रेमको तिप्ती पाईदो रहेछ भन्ने ठाने ।

त्यसबेला मैले चार कक्षामा पढ्थे, हाम्रो नैतिक शिक्षा भन्ने कितावमा केही धर्म प्रवर्धकहरुको फोटो थियो । त्यसमा जिसस क्राईष्टको फोटामा उहँलाई काठको क्रसमा किला ठोकेर झुण्डाएको फाटो थियो जिज्ञासा जाग्थ्यो किन यसो गरेको होला भन्ने । यस्तैमा अर्काे एउटा घटनाले पनि प्रभाव पार्यो । ती दिनहरुमा हाम्रो स्कुलको गेटमा प्रत्यक साँझ पाँच बजे एक जना हुलाकि दाई आउनु हुन्थ्यो । उहाँले हामी भन्दा माथिल्लो कक्षामा पढ्नेहरुलाई चिठ्ठी दिनु हुन्थ्यो । म र म जस्तै केही साथिहरुको चिठ्ठी आउँदैन थियो । म जिज्ञासा जाग्दथ्यो कहाँबाट यसरी पत्र आउँदो होला भन्ने ? अनी रहर पनि लाग्थ्यो मेरो पनि यस्तै चिठ्ठी आए हुने । यस्तैमा एक दिन मैले जिज्ञास राख्दै दाईहरुलाई सोधे यो चिठी केहो भनेर । उहाँहरुले यो बुक पोष्ट हो यसमा किताव आउँछन किताव पढेर ज्ञान बढाउन सकिन्छ भन्नु भयो । मेरो चाहना पनि मेरो पनि पत्र आओस भन्ने थियो अनि मैले दाईहरुलाई सोध मैले पनि पाउन सक्छु मेरो पनि चिठि आउछ भनेर । दाईहरुले तिम्रो पनि नाम दिए यसरी नै पत्र आउँछ भन्नु भयो ।त्यस पछि दाईहरुलाई भनेर मैले पनि नाम दिए त्यस पछि मलाई पनि पत्र आउन थाल्यो । किताबहरु आए मैले पढ्न थाले त्यस पछि रित्तो ह्दय भरीएको अनुभुती भयो । आमाको देवाहासन पछि जुन बेला मलाई मेरा आफन्त र छिमेकिबाट सहायताको जरुरी थियो तर उनीहरुले सहायता गरेनन ।

उल्टा आमा बितेको घाउँमा यो अलछिना आमा टोकुवा भनेर नुन छरे उनीहरुले आफुना नानीहरुलाई म संग खेल्न पनि दिएनन । यहि तितो अनुभव र पिडाका बिच मैले जब किताबहरु पढे । त्यो किताब पढ्ने समुदायका मानिस संग भेटे मेरो मनमा शान्तिको अनुभुति भयो मलाई मायाँ गर्ने पनि छन भन्ने अनुभुति भयो त्यस पछि म बिस्तारै उत्तल समुदायमा जोडीए । जुन समुदाय क्रिश्चियन थियो ।

क्रिश्चियन समुदायमा जोडीए पछि पनि चाड पर्वका बेला समाज आफन्त र छर छिमेकीबाट त झनै ग्राहे भए होलानी ?
क्रिश्चियन समुदायमा जोडीए पछि पनि चाडपर्वका बेला समाज आफन्त र छर छिमेकीबाट एक दमै गाहे भयो । तर मैले जे शिक्षा पाए त्यो छाड्न चाहिन । सुरुसुरुमा चर्च जाउ कहाँ गएको भनि मान्छेले प्रश्न गर्थे । दशै तिहारमा टिका लगाउनु पर्ने लाउदिन भन्दा विबाद हुने । बिवाद गर्नु भन्दा सूरमा लगाउने तर एकै छिन धुने गरे । सूूरुमा त संगति जाँदा पनि किताब सटभित्र लुकाएर जान्थे । सूरुवाती दिनहरुमा त म समाजबाट कटे जस्तै भएँ । मान्छे यो मुसलवान भयो गाई खान्छ सम्म भने । केही समय त समाजबाट टाढा हुन अर्कै जिल्लामा साथीकोमा गएर पनि बसे । सूरमा बुवालाई सम्झाउन पनि गाहे भयो । समाजले पनि यसले आमा बाबुको किरिया पनि गर्दै भने । तर उनीहरुलाई के थाहा म छ वर्षकै हुदाँ आमाको देवाहासन भएको थियो । मैले सानामै कुशको जनाई लगाएर आमाको किरिया गरि सकेको थिए । सानो छ बर्षको बच्चा कपाल खौरेर एक्लै कुनामा किरिया बसे । त्यसबेला अहिले जस्तो फलफुल लिएर मान्छे भेट्न आउने चलन पनि गाउँमा खासै थिएन । साह्ै गाहे भयो । क्रिश्चियन समुदायमा जोडीडा सरुमा पहिलाको समाजबाट चुनौती पुर्ण थियो तर बिस्तारै पाँच सात बर्ष पछि खुल्दै गए चुनौति पार गर्दै गए ।

अर्काे प्रसंगतर्फ लागौ तपाई नेपाल क्रिश्चियन समाजको केन्द्रीय उपाध्यक्ष पनि हुनुहुन्छ, नेपालको संबिधान २०७२ मा धार्मिक स्वतन्त्रता र धर्म निरपेक्षताको व्यवस्था छ ,संबैधानिक व्यवस्था अनुरुप अहिले व्यवहारीक अभ्यास कस्तो छ ?
मलाई त अचम्म लाग्द, म शिक्षित व्यक्तिमै पर्दछु । धार्मीक व्यक्ति मात्र नभएर राजनीतिक शास्त्रको बिद्यार्थी पनि हुँ । २०६२/०६३ को आन्दोलन पछि देशले काचुली फेर्दछ भन्ने सबैमा आशा थियो तर त्यस्तो भएन। । आन्दोलन पछि बनेको पहिलो संबिधान सभाले संबिधान जारी गर्न सकेको भए अलि फरक र अलिबढी अधिकार आउने थियो, त्यो हुन सकेन ।

दोस्रो संबिधानसभाले संबिधान त जारी गरयो तर सम्झौताको दस्ताबेजको रुपमा जारी गर्यो ।त्यसैले त्यसमा कसैको पनि अपनत्वको भाव छैन । अहिलेको संबिधानको प्रस्तावना र राष्ट्रिय गान धे्ररै राम्रो छ तर धर्म निरपेक्षताको व्याख्या गर्दै जाँदा नेपालमा सनातन देखि चल्दै आएको धर्म संसकृतिको संरक्षण गर्ने र यसलाई खलल पार्ने र कसैले धर्मान्तरण गर्नै गरेको खण्डमा डण्ड सजाय गर्ने भन्ने राखियो ।सिधै क्रिश्चयन शब्द नराखे पनि यो क्रिश्चियन समुदायलाई लक्षित हो भन्ने अनुमानमान गर्न सकिन्छ । अतिवादी समुहलाई नेपालमा कहाँ धर्म प्रचार गर्न पाईन्छ ? बहुसंख्यकले जेमा आस्था राख्दछन त्यसलाई मात्र संरक्षण गर्नुपर्दछ भन्ने भयो । धर्म निरपेक्ष राज्यमा मठ मन्दिर बनाउन र संरक्षण गर्न राज्न्यले खरबौ छुट्टाउछ । तर क्रिश्चयनलाई त छैन व्यक्तिगत सम्बन्ध वा लचिलो पनका कारण कतै वडा वा पालिकाले सहयोग गरे पनि राष्ट्रिय बजेटमा त चर्चलाई बजेट छैन । त्यसै अझै पनि समानता छैन । अब पर्ण धार्मिक स्वतन्त्रता गरिनु पर्दछ । जहाँ सम्म व्यवहारको कुरा छ, राज्यले मुख खोलेर क्रिश्चयनलाई सताउनुपर्दछ त भनेको छैन तर व्यवहारमा मधेश प्रदेशका कयौ ठाँउमा अहिले पनि मुस्लिम र क्रिश्चियन समुदायले आफ्नै बन्द कोठामा शान्त रुपले आफ्नो आस्थाको अभ्यास गर्दा पनि आक्रमण गरिएको छ । तपाईले हेर्नुभयो भने सबै जसो राष्ट्रिय संचार माध्यममा धार्मिक कार्यक्रम चलेका छन तर क्रिश्चियनले शान्तिको निम्ती एउटा बाईबल बोक्दा पनि उसंग रिस उठुनेले एउटा भिडियो किल्पी खिचेर प्रहरुकिोमा गई यसले धर्मान्तरण गराउन थाल्यो भने पछि त पुलिसले पक्रने, थुन्ने ,मुद्धा चलाउने गर्दछ ।पछि अदालतमा जाँदा अहिले सम्म अदालतले जिताएको छ तर मुद्धा बोक्ने, तारीकमा जानु पर्नै झन्झट त भयो नि । संबिधान संसोधन गर्दा यसलाई सच्चाई पुर्ण धार्मीक स्वतन्त्रता राख्नुपर्दछ ।

नेपालको संबिधान २०७२मा धार्मिक स्वतन्त्रता र धर्म निरपेक्षताको संबैधानिक व्यवस्था त राखियो तर यो बिदेशी र क्रिश्चियनको दवाबमा राखियो भने पनि छ नि ?
नेपालको संबिधान २०७२मा धर्म निरपेक्षताको व्यवस्था किन राखियो भनेर त क्रिश्चियनहरुलाई भन्दा पनि कम्युनिष्टहरुलाई सोध्नु पर्ने हुन्छ । कम्युनिष्टहरुले चाहेको गणतान्त्रीक ब्यवस्था त राजा रहे सम्म आउँदैन । हिन्दुत्वमा त राजालाई बिष्णुको अवतार मान्छ । त्यसैले राजा हटाउनु पुर्व देश धर्म निरपेक्ष बनाउनु पर्दछ भनेर धर्मनिरपेक्ष बनाएका हुन । अर्काे तर्फ कम्युनष्टहरु भौतिकवादी हुन उनीहरुले धर्मलाई अफिम भन्थे । त्यसैले क्रिश्चियहरुले धर्म निरपेक्षता बनानएको होईन ।उनीहरु त आस्तकि हुन । धर्म निरपेक्ष कम्युनिष्टले बनाएका हुन । नेपाललाई धर्म निरपेक्ष कम्युनिष्टहरुले आफ्नो दर्शन अनुरुप वनाएका हुन । यसमा राजनीतिक कारण छ । क्रिश्चियनको दवाबमा वा उनीहरुको पैसा खाएर भन्ने सत्य होईन यो गलत बुझाई हो । निरपेक्षता भनेको क्रिश्चियनहरुलाई त कागलाई बेल पाक्यो हर्ष न बिस्मात भने जस्तै हो । किनकि धर्म निरपेक्ष भए पनि क्रिश्चियन राष्ट्र बन्ने पनि होईन । देशको क्रिश्चिन धर्म हुने पनि होईन । धर्म निरपेक्षता भनेको त राज्यको कुनै धर्म हुदैन ब्यक्तिले आफुले ईच्छाएको धर्म स्वतन्त्र रुपले पाउँछ भन्ने हो ।

राज्यले सबै धर्मलाई समान ब्यवहार गर्दा सबैको अपनत्व हुन्छ भन्ने हो । राज्य न धर्म निरपेक्ष हो नागरिक त होईन । अझ अलि पहिलाको कुरा गर्ने हो भने त क्रिश्चियनलाई राजा महेन्द्रले बोलाएका हुन ।राजा महेन्द्रले बोलाए पछि शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्न क्रिश्चियन समुदाय नेपालमा आएका हुन । नेपालको शिक्षा र स्वास्थय क्षेत्रमा क्रिश्चियन समुदायको ठुलो योगदान छ । राजा महेन्द्रले नेपालमा अगे्रजी सिकाउनु पर्यो, शिक्षमा आधुनिकिकरण गर्नु पर्यो भने पछि भारतको बाटो हुदै कयौ क्रिश्चियन नेपाल आएका हुन । राजाले उनीहरुमा चेतना बढि छ त्यसको फाईदा हामीले पनि लिनु पर्दछ भनेर बोलाएका हुन । धर्म प्रचार गर्न होईन । एक जना जना राजेन्द्र रोङ्गम त त्रिभुवन बिश्व बिद्यालयको पाठ्यक्रम बनाउने मध्येकै एक जना हुनुहुन्छ । उहाँ ज्ञानेश्वर जस्तो ठाँमा स्थापित क्रिश्चियन हुनुहुन्थ्यो । उहाँ जीवन भर नेपालमै बस्नु भयो । नेपाल सरकारले पछि उहँलाई नागरिकता पनि दियो । उहाँ स्काउटको हेड पनि बन्नु भयो । तर यो योगदान तर्फ ध्यान नदिई धर्मान्तरण गरायो भन्ने आरोप लगाउनु उचित हँुदैन ।

अलि अशिक्षित, बिरामी कमजोरहरुलाई सहयोग गरे जस्तो गरेर धर्मान्तरण गराउनु हुन्छ भन्ने पनि आरोप छ नि ?
आरोप त जे पनि लगाउन पाईयो तर त्यो पुष्टि हुनु पर्यो नि । नेपालमा डा.के बी रोकाय जस्ता पनि क्रिश्चियन हुनुहुन्छ । उहाँ पुल्चोक ईन्जिनियरिङ कलेजको क्याम्पसचिफ पनि हुनु हुन्ग्यो उहाँ पनि अशिक्षित र आर्थिक अवस्था कमजोर भएर क्रिश्चियन बनेको हो त ? यो त क्रिश्चियन चर्च मन नपराउनेको आरोप हो । कोही मान्छे बाटोमा लड्यो भने उसलाई उठाउनु त मानवता हो । कोही आर्थिक रुपले कमजोर भएर पढ्न पाएन उपचार गर्न पाएन भने उसलाई सहयोग गर्नु मानवता हो । कसैलाई असजिलोमा सहयोग गरेपछि सहयोग गर्ने प्रति कृतज्ञ हुनु त स्वभाबिक हो ।

यहाँले हिन्दु धर्मलाई राज्यले बढी संरक्षण दिएको भाव व्यक्त गर्नुभयो कुनै पनि राज्यले आफ्नो पहिचान संरक्षण गर्ने त स्वभाविक हो ?
संस्कार संस्कृति र धर्म अलग बिषय हुन । संस्कार संस्कृति आआफ्ना हुन्छन । सबैले आआफ्ना संस्कार संस्कृति संरक्षण गर्ने कुरामा हाम्रो आपत्ति होईन । तर हाम्रो भनाई सरकारले जुन सुकै धर्म संस्कृतीलाई पनि समान संरक्षण गर्नु पर्दछ भन्ने हो । भन्न त अमेरिका क्रिशिचयन राष्ट्र भन्छन तर त्यहाँ २० प्रतिशत मात्र क्रिश्चियन छन तै पनि उनीहरुको जग आस्तीक हो । त्यहाँ बिश्वबाट गएका अल्पसंख्यक हिन्दु, बौद्ध ,मुस्लीमलाई मन्दिर,गुम्बा, मस्जिद बनाउन सरकारले सहयोग दिन्छ । अमेरिकाले चाहे त यहाँ आउन दिन्छु तर क्रिश्चियन हुनु पर्दछ भन्न सक्थ्यो अमेरिका जान मान्छे यस्तो क्रेजी छन , तर उसले त भन्दैन ।

अहिले त पश्चिमा र बिशेषत क्रिश्चियनहरुले राजनीमा पनि लगानी गर्न थाले भन्ने पनि आरोप छ नि ?
राजनीतिमा लगानी गर्न थाले भन्ने त मैले सिधै अस्वीकार गर्दछु किनकि त्यस्तो छैन भएको भए त नेपालमा क्रिश्चियन प्रधानमन्त्री हुन्थ होला ,क्रिश्चियन राष्टपति हुन्थे होलान नि । बरु जेनजी आन्दोलन पछि बनेका सरकारका मन्त्री बिभिन्न फाउनडेसनका सदस्य भए भन्न्ने छ । ती त क्रिश्चियन होईन । बिदेशीको चासो धर्मसंग हुदैन उनीहरुको चासो त जहाँ चासो राख्दछन त्यो देशको खनिज र सिमासंग हो । अन्त धर्मको नाममा राजनीति छैन बरु हाम्रै देशमा धर्मको नाममा रोटी सेक्न खोज्नेहरु छन ।

तपाई आफु पनि संयुक्त नागरिक पार्टीको नेता हुनुहुन्छ यसमा धर्म र राजनीति बिच सम्बन्ध छ कि छैन ?
हाम्रोमा धर्म र राजनीतिको केही सम्बन्ध छैन ।धर्म भनेको मेरो आन्तरिक आस्थाको बिषय हो । राजनीति बाहिरी समाज रुपान्तरणको बिषय हो । राजनीति बिकास र नागरिकको स्वतन्त्राको लागि हो । धर्म र राजनीति अलग बिषय हुन । यी अलग दुई बिषयलाई सन्तुलन गर्न सके धेरै राम्रो हुन्छ । धार्मी शिक्षा लिएको ब्यक्ति नेता भएमा उसले न्याय गर्न सक्छ गलग गर्न डराउछ । त्यसैले मनमा धर्म भएको आस्तीक ब्यक्ति नेता बन्नु पर्दछ ।

तपाई महासचिव भएको संयुक्त नागरिक पार्टी त नयाँ पार्टी हो यहाँहरुको एजेण्डा के छ ?
हो हामी नयाँ नयाँ पार्टी हौ । बहुदलिय व्यवस्थामा मन र बिचार मिल्नेहरु मिलेर दल खोल्नु लोकतान्त्रीक अभ्यामा पनि हो ।हामीले पञ्चायती ब्यवस्था बहुदलीय ब्यवस्था र गणतान्त्रिक व्यवस्थाको अभ्यास हेरी सक्यौ तर अझै पनि कताकता पुर्ण नागरिक तन्त्रको अभ्यास नभए जस्तो लाग्यो । पुर्ण नागरिक तन्त्र धर्म निरपेक्षता, पुर्ण धार्मीक स्वतन्त्रता भएका कानुनको राज्य । भष्टचारको नियन्त्रण शुसासनको प्रत्याभुति सहित अशल शासन दिलाउने अनि समाजका बिभेद हटाउने हाम्रा ऐजेण्डा हुन । हामी मान्छेका पुरुस महिला दुई बाहेक अरु जात छैन भन्छौ । महिला पुरुषलाई समान अधिकार हुनु पर्दछ भन्छौ ।

तपाई त समाज सेवामा पनि सक्रिय हुनुहुन्छ के कस्ता समाजसेवी काम गर्नु भएको छ ?
मैले आफुले जहाँ पढे त्यो स्कुल भारतबाट आफ्नो पेन्सन छाडेर असाय अनाथ दुर्गम क्षेत्रका गरिब बिद्यार्थीलाई पढाउने उदेश्य सहित खोलिएको थियो । जसले गर्दा दुर्गम जिल्लाका असाय अनाथ गरिब बिद्यार्थीले पढ्न पाए । ती बिद्यार्थीका अभिभावकले पढ्न पाएका थिएन । त्यसैले मैले पनि भारत बाट पढेर फर्किए पछि सन २००३ मा आमा बुवा नभएका नानी बाबुलाई पढाईमा सहयोग गरौ भन्ने उदेश्य सहित आश्रम खोले । मैले सुरुमा तीन चार जना बाट पढाउन सुरु गरे । सुरुमा एकजना बहिनीले फल्याट दिनुभयो, अर्काे साथीले खान चामल सहयोग गर्दछु भनेर चामल दिनुभयो । सुरु यसरी सुरुवात गरे पनि अहिले नेपाल सरकारमा दर्ता गररे आश्रम चलाई रहेका छौ । जहाँबाट अहिले सम्म ८० जना अनाथ असाय बालबालिका लाई पढाई सक्यौ । कयौले मास्टर्स पनि पढि सके । कति जना त अहिले बिदेश छन । अहिले पनि ७५ जना बिद्यार्थी छन । हामीले १२ कक्षा सम्म र १८ बर्षको हँुदा सम्म पढाईमा सहयोग गर्दछौ । त्यस पछि अन्यत्र खाजेर पढ्ने ब्यवस्था गरिदन्छौ । हामीले सुरु सुरुमा प्रौढ शिक्षा पनि पढायौ । अग्रजी भाषा पनि सिकायौ । २०७२ सालको भुकम्प पछि भने भुकम्प पिडितलाई राहत बाढुने देखि घर बनाई दिने सम्मको सहयोग गर्यो ।

कोभिडको महामारीमा सुरुका सात दिन घर बसे त्यस पछि प्रशासनको स्वीकृती लिएर आफु सुरक्षीत हुदै बिरामी अस्पत्ताल पुराउने देखि औषधी पुराई दिने सम्म काम गरे । अहिले पनि कीर्तिपुर ब्रन सेन्टर बीर अस्पत्तालको ट्रमा सेन्टर ,बीरअस्पत्ताल र कान्तीबाल अस्पत्ताल र गंगालाल अस्पत्तालमा दैनिक पाँच सया जना बिरामी कुरुवालाई निशुल्क खाना खुवाई रहेका छौ । हामी तीन जना छौ एक जना साथीको पार्टी प्यालेस छ अर्काै साथीले सामाजिक संञ्जालबाट सहयोग जुटाउनु हुन्छ। मैले आस्था राख्नेहरुबाट सहयोग जुटाउँछौ । पछिल्लो समय भने समाज रुपान्तरण गर्न नीति निमार्ण गर्ने तहमै पुग्नु पर्ने रहेछ भनेर राजनीतिक पार्टीमा पनि सक्रिय छु । फ्रिडम फर अल भन्ने मानअधिकार सम्बन्धि संस्था पनि छ त्यबाट पनि मानव अधिकारको क्षेत्रमा काम गर्दछौ ।

अन्त्यमा ?
अन्त्यमा म के भन्न चाहन्छु भने तपाई स्वदेशमा भए पनि बिदेशमा भए पनि जुन सुकै उमेर समुहको भए पनि हाम्रो देशका सबै घटनाहरु बारे जानाकार हुनु हुन्छ । तपाई एउटा सचेत नागरि भएकोले आम नागरिकको कर्तव्य निर्वाह गर्नु पर्दछ । डिलमा बसेर त्यो पार्टी भएन त्यो नेता भएन भन्नु भन्दा आफ्नो दायित्व पुरा गर्नु पर्दछ नत्र जेनजी आन्दोलन भन्दा पनि भयाबह अवस्था आउन सक्छ । एउटा सचेत नागरिकले गर्न सक्ने भनेको आफ्नो मतबाट परिवर्तन हो । सरकारले २०८२ फागुन २१को लागि चुनाब घोषणा गरेको छ ।
प्रकृया अगाडि पनि बढेको छ । अब किन्तुपरन्तु केही नभनी आफ्नो मत विवेक सम्मत तरिकाले असल आचरण भएका सुशासन दिन सक्ने भष्टचार नगर्ने असल सरकार निमार्ण गर्न असल नेतृत्व चयन गर्न पर्दछ । म आग्रह र अनुरोध गर्न चाहन्छु नयाँ पुस्ता र पार्टीहरु पनि आएका छन । म पनि लामो समयदेखि समाज सेवामा सक्रिय हुदै नेपालको राजनीतिमा चासो राख्ने व्यक्ति भएकोले अहिले संयुक्त नागरिक पार्टीमा महासचिव छु । हाम्रो चुनाब चिन्ह गितार हो । समानुपातिक तफै पार्टीैबाट मेरो नाम अग्रस्थानमा छ । असल शासनको निम्ती म र मेरो टिमलाई गितार चुनाब चिन्हमा मत दिएर बिजयी गराई दिनुहुन अनुरोध गर्दछु ।