पृथ्वीनारायण शाहले जग हालेको देशमा छौँ हामी, उनको जन्म जयन्ती भोलि पौष २७, उनका सन्देश र व्यवहारलाई लात हानिरहेका छौँ हामीले अहिले मात्रै होइन, धेरै वर्ष भयो र कतिपय अर्थमा उनको शिर झुक्ने गरी शालिकहरु नै तोडिए पनि । परधर्मी, विधर्मी र विचौलियाप्रति खुलेर विरोध गर्थे उनी र देश आत्मनिर्भर बनाउन मरिहत्ते नै गर्थे, स्वदेशको शान हाम्रो मान उनको, वीर रसले नै हामी अहिलेसम्म विदेशमा गोर्खाली भनेर चिनिएका छौँ । हाम्रा सामु देशले अँगालेको राजनीति भनौँ लोकतन्त्रप्रति धेरै अधुरा प्रश्नहरु छन् बेरोजगारीको, बेरुजु अँकको, व्ययभारको, व्यापारघाटाको, बेथिति र बेचैनीको, मानव बेच बिखनको, वितण्डाको, विकृतिको, विदेशी र स्वदेशी ऋणको, व्यभिचारको, विनाशको, वलात्कारको, विध्वँशको कोलाहल छ सडकभरि ।
सेवा दिने सार्वजनिक प्रशासन ध्वस्तप्रायः छ । पढाउने गुरुहरुले सडक तताउनु पर्ने, चिकित्सकहरुले सडकमै खाल थाप्नु पर्ने किसानदेखि उद्यमी सबै बेखुस छन्, आमजनता निराश छन् देशबाट टाढिँदैछन्, स्वदेशमा रोजगारी छैन, अब्बल पूदषण छ, नेतृत्व हरदशकमा फेरिने र कोरा भाषण मात्र दिने लुटाहा प्रवृत्तिको छ । सरकारी कर्मचारी नै सडकमा जाने संसारमै कहीँ नभएको लोकतन्त्र छ हामीसंग । राष्टिृय एकता, राष्टिृय संस्कृति नै विखण्डित छ, सिमा सुरक्षा नै छैन, नेता सुरक्षित जनता असुरक्षित यही हो हाम्रो लोकतन्त्रको उपलब्धि । सधैँ चुनाव, खर्चिलो चुनाव जनतालाई ढाल बनाएर सत्ता लिने चुनाव, महँगीको मारमा पारिने चुनाव मतपत्र छपाइलाई नै विदेशी जनशक्ति ल्याउनु पर्ने चुनाव रहेको छ, चुनाव आए पनि नआए पनि दिल्ली दौड गराउने लोकतन्त्रको चुनाव जनतालाई झुक्याउने चुनाव के के भन्ने असह्य वेदना र पीडा ल्याउने चुनाव, खेती नै यही भएको र बाँकी अनाज लगायतका बस्तु आयातमा परेको देश हाम्रो देशको कहानी ।
न्यायिक ढिलासुस्ती, सेवाग्राहीको असन्तुष्टि स्वदेश नटिक्ने जनशक्ति, विदेशीको भरिया नबनी मुखमा माड नलाग्ने नेपाली, घर आँगन आपैmँ सिँगार्न नसक्ने, सुचिकार, कुचिकार आयात गर्नु पर्ने हामी, अनाबश्यक विमानस्थल र भ्यूटावरका धनी पनि हामी । पर्यटनमा अब्बल भनिएको देशमा लोकतन्त्रको भूmठो नाराकै कारण स्वदेशमा आएको रकम भन्दा विदेश गएको रकम बढी हुने, अरुको भटमासको तेलमा निर्यात बढाउने, राजनीतिका गुरुहरु विदेशी नै हुने, जसले यो देशको नाम सुनेको थिएन, देश नै देखेको थिएन, उसको नाममा राजनीतिमा अब्बल हुने पनि हामी नै भएका छौँ । कडा शोषणबाट आएको राजस्वले देशको लोकतन्त्रको भद्दा संयन्त्रहरुको तलव भत्ता भ्याउन सकेको छैन र विकास खर्च बा ऋणको सावाँ बा व्याज भूक्तानीका लागि अर्को ऋण लिनु परेको छ र ऋणैऋणले किचिएको छ गणतन्त्र र लोकतन्त्र, उठ्नै नसक्ने गरी । नेपालीहरुको आय आर्जनका ढोकाहरु लोकतन्त्रले बन्द गरिदिएकोले ढोका बन्द हुँदा भ्mयालबाट हाम्फालेर धर्ती छोडी विदेश होमिएका छन् मान्छेहरु ।
लोकतन्त्रका नायकहरु विरुद्ध सडकमा ठूला नाराहरु लागे, देश नै जल्यो सिँहदरबार ढल्यो तैपनि हुँकार, अहँकार ज्यूँ का त्यूँ नै छ,् बरु पछिल्लो नेतृत्व उसैलाई घरैमा गएर होम डेलिभरी गर्दैछ र दिल्ली दौड सदावहार छ । जसका विरुद्ध भारी सडक पोखियो उसकै लागि लोकतन्त्र बसिदिनु पर्ने भएको छ । सत्ता टिकाउन मात्रै समय खेर फाल्ने हाम्रो लोकतन्त्रले वर्षैपिच्छे सरकार बदलिरहेको छ र त्यो आलोपालो छ, उही जाने फेरि उही आउने, को सत्ताको को प्रतिपक्षको थाहै नहुने, मिलिभगत छ, लामो समयदेखि, र फालिएर पनि फर्कनैका लागि श्री ३ हरुको जमघट तीब्र छ ।
देशको पूर्वाधार कति कमजोर छ, गएको शरदको वर्षाले देशको सातो लिइदियो र वर्षामा उही हालत छ, टृाफिक जाम, प्रदूषण्को मार छ, डोजरे असारे विकास र मदान्ध कमिसन र आप्mनै ठेकेदारको माटो छोप्ने र मोडल नै थाहा नभएको विकासको पाराले देशमा अधिक भूक्षय छ, सडक पहिरोले ढल्ने मन दुःखको पहिरोले गल्ने अनौठो संघियता छ हाम्रो देशमा, जहाँ अधिक चर्को मूल्यको राजनैतिक रोजगारी छ, राजनीति बाहिरका सबै बेरोजगारीमा छन् । कृषि प्रधान देशमा खाद्यान्नको कोटा अरु देशले तोक्ने गरेको छ र मल, बीउ पनि अरुले नै दिने गरेका छन्, विचार पनि अरुले दिएका र संस्कृति, संस्कार, भाषा भेषभूषा पनि आयातीत नै छ । हाम्रो नेतृत्वले अरुले लाए अह्राउको काम गर्छ, उठ् भन्दा उठ्छ, बस् भन्दा बस्छ, एम सि सि लगायतका योजनाहरु त्यसकै निरन्तरतामा छन् । विदेशीहरुले लेखेको पुस्तकहरु बिस्तारै बाहिर आइरहेका छन् विगतका ठूला परिवर्तन र परिवर्तनकारीहरुको लालन पालन, पोषण के कहाँबाट कसले गरेको भन्ने अब छर्लँग भइसकेको छ । स्वदेशी बसाइ, विदेशी भुकाइ, आबश्यक परे पण्डा बन्ने, क्रिश्चियन टोपी पनि लाउने, होलिवाइनको मज्जा पनि लिने, मुस्लिम पनि भइदिने, सबैथरीको छास्मिस भएर पशुपतिभित्र सुनको नाम लेख्ने हाम्रो लोकतन्त्रको आनिबानि नै हो । रैतीबाट मुक्ति दिलाउने लोकतन्त्र भन्ने अनि आप्mनैलाई दास बनाउने, थर्काउने, ह्वीप जारी गर्ने, दलबाट निश्कासन समेत गर्ने र चुनवावमा अघिल्लो रातसम्म कुन विपक्षीलाई मतदान गर्ने भन्ने एकिन ऊर्दी जारी गर्न नसक्ने र अप्राकृतिक गठबन्धन गर्दै कार्यकर्ताहरुलाई समेत थाहा नदिने लोकतन्त्र छ हामीसंग । रुख चिह्न लिएर हँसियालाई भोट हाल्ने, हलो लिएर सूर्यमा मतदान गर्ने अनि सौताको रिसले पोइकै काखमा कुन्नि के गरेर आप्mनै घर जलाएर खरानीको होली खोल्ने संस्कृति पनि छ । बार्गेन गरेर ठेक्का पट्टामा सार्वजनिक पद वितरण गर्ने लोकतन्त्रको सुन्दर पक्ष र यसैलाई सुशासन भन्ने गरिएको छ, कार्यको जिम्मेवारी र जवफदेहिता, पारदर्शिता, क्षमता र विज्ञताको अभावमा पारिवारिक लोभतन्त्र चलिरहेको छ देशमा र यसले वार्षिक दिवस मनाइरहँदा आम जनतामा आक्रोश र चरम निराशा रहे । बोल्नेहरुको मुख थुनियो र पछि त सन्जाल नै बन्द गरिदियो । बालेन, कुलमान, दुर्गा, हर्क, हमाल, रविहरु लाई उत्तानो पार्ने लोभतन्त्र छ हामीसंग, परिवर्तन नरुचाउने ।
लोकतन्त्रको बक्री दृष्टि होनाहार युवामा मात्रै परेको होइन, यहाँका सवारीधनीहरुमा पनि परेको छ, परलमोलको तेब्बर भाउले पेटृोलियम पदार्थ खरिद गर्नु परेको छ, सकिनसकी तेब्बर भन्सार मूल्य तिरेर ल्याएको र वर्षै पिच्छे र ढोकैपिच्छे तिरेको करले नपुगेर लोकतन्त्र सडकमा आएर सवारी साधनाको साँचो खोसेर जरिवाना असुल्छ । सडक एक धोती जत्रो छ, सवारी साधन धेरै छन्, पैदलयात्रुको बाटो छैन, सानोतिनो गल्ती भइनै हाल्छ, वर्षौँसम्म गाडीको साँचो खोस्ने लोकतन्त्रप्रति अदालतले आदेश जारी गर्नु परेको छ,जरिवानाबाटै लोकतन्त्र पालिएको छ, उपभोक्ताहरुबाट, विषादी सेवन गरिरहेका आम उपभोक्ताहरुलाई विकल्प छैन, मूल्यको सकस व्यहोर्नु बाहेक, बदलामा नागरिकले सुविधा पाएका छैनन् स्वास्थ्य, सुरक्षा, शिक्षा, स्वच्छ हावा, रोजगारी, आबास, नागरिकका मौलिक हक संविधानमा सिमित छन् । वर्ष बा शरद आउँदा बाढी, पहिरो र हिलोले पेल्ने, हिउँदामा सुखा पहिरो, धूवाँ, धूलोले पेल्ने, वसन्त, गृष्ममा चट्याँग, आगजनी, पानीको हाहाकारले पेल्ने, चौबीसै घण्टा महँगीले पेल्ने, बाह्रै महिना राज्यकरले पेल्ने, प्रसूती गृहदेखि आर्यघाट पछि सम्मको करको सदुपयोग नहुने, कुनै समय पनि शान्त हुन नदिने र हरपल राजनैतिक मौसममै रनभुल्ल परिरहनु पर्ने लोकतन्त्रले सताइएको अबस्था छ हाम्रो । उद्योगधन्दाहरु र उत्पादनका कार्यहरु थान्को लागेका छन्, सबै मान्छे सामजिक सन्जाल र सडकमा रोजगारी लिएर अनुत्पादक भइरहेका छन्, सामाजिक असन्तुलन तीब्र छ, आपराधिक कर्महरु पनि । ठूलो सुरक्षाका दस्ता बिना नेताजीहरु सडकमा देखिन नसक्ने भएका छन् र ढुकुटी दोहनमा खप्पिस छन् ती । बैँकहरुले इतिहासमै नभएको व्याज दर घटाएका छन्, पूँजी चलायमान छैन, लगानी आकर्षण छैन, सुरक्षित पनि, बजारका सटरहरुमा भोटेताल्चा लाग्न थालेको छ, महानगर र सिँहदरबारको दूरीले क्रान्ति नै ल्याएको छ, र यसैलाई देशले संघियता भनेको छ ।
देशलाई दुखेको छ, देश दुख्दा सबैलाई दुख्नु पर्छ, नेतृत्व अभिभावक हो भने उसलाई बढी दुख्नु पर्छ । भूगोल मात्रै राष्टृ होइन, भूगोलको माया पनि हो, देशमािथ बलात्कार गर्ने छूट हुन्न कसैलाई, देश चिराफरा गरेर मनमौजी गर्ने छूट पनि हुन्न, देश कसैको पेवा होइन, हतियार र बलले देशको आबाजलाई निस्तेज गरेर सत्ताको चास्नीमा रमाउँछु भन्ने सोच कसैले राख्नु हुन्न, हिजोका दिनमा वीरताले सिँगारिएको देश आज क्रूरताले बिगार्न मिल्दैन, आप्mनो पन, मौलिकपन, देश हित र देशबासीको त्राण नै आजको मूल मुद्दा हो, लोक कल्याणकारी राज्यले त दूरदर्शी नै भएर सोच्नु पर्ने हुन्छ, यसका सन्चालकहरुले देश सिँगार्ने हो बिगार्ने हुँदै होइन ।

















