शेरबहादुर देउवा र डा शेखर कोइरालाबिच भेटवार्ता

 

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र इतर समूहका नेता डा शेखर कोइरालाबिच भेटवार्ता भएको छ ।

शनिबार बिहान देउवा निवास महाराजगन्जमा देउवा र डा कोइरालाबिच भेटघाट भएको हो ।

 

आइतबारदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनबारे दुई नेताबिच भेटघाट भएको हो । २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको भन्दै महामन्त्रीद्वयले पुस २७ र २८ गतेलाई विशेष महाधिवेशन आह्वान गरेका छन् ।

 

त्यो विशेष महाधिवेशनको विपक्षमा पार्टीभित्रको संस्थापन र डा. शेखर कोइरालाले नेतृत्व गरेको समूह छन् । त्यसैले विशेष महाधिवेशनलाई कसरी रोक्न र कमजोर बनाउने भन्ने रणनीति तय गर्न डा. कोइरालाले सभापति देउवालाई भेटेका हुन् ।