skip this वडा नं १६ बालाजु च:मती

सुनचाँदीको मूल्य फेरि आकाशियो

आइतबार स्थानीय बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । सुनको मूल्य आज २ हजार ८०० रुपैयाँले वृद्धि हुँदै २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको हो । अघिल्लो शुक्रबार सुन प्रतितोला २ लाख ६७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २१० रुपैयाँले बढ्दै ४ हजार ९९० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो शुक्रबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो