नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् । आज (सोमबार) विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री शर्माले ‘बदलिएको देशः बदल्नुपर्ने कांग्रेस’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका हुन् ।महामन्त्री शर्माले राजनीतिक प्रतिवेदनमा मुलुकको शासकीय स्वरूपदेखि पार्टीको आन्तरिक जीवनसम्म आमूल परिवर्तनलाई प्राथमिकता दिएका छन् ।
महामन्त्री शर्माले कांग्रेसको तर्फबाट वा कांग्रेसको पहलमा देशको कार्यकारी प्रमुख (प्रधानमन्त्री) कोही पनि व्यक्ति दुई पटकभन्दा बढी बन्न नपाउने प्रस्ताव र निर्वाचनमा गठबन्धन नगर्ने नीति अघि सारेका छन् ।




















