skip this वडा नं १६ बालाजु च:मती

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिबाट राष्ट्रपतिको नाम हटाउन माग

नेपाली कांग्रेसको विशेष महाधिवेशनको निर्वाचन समितिले सार्वजनिक गरेको प्रतिनिधिहरूको सूचीमा राष्ट्रपति रामचन्द्र पौडेलको नाम समेत समावेश भएपछि राष्ट्रपति कार्यालयले आपत्ति जनाएको छ । नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढाउने क्रममा निर्वाचन समितिले १४औँ महाधिवेशनमा प्रतिनिधि रहेका सबैको नामावली सार्वजनिक गरेको थियो । समितिबाट सार्वजनिक महाधिवेशन प्रतिनिधिको सूचीमा राष्ट्रपति पौडेलको नामसमेत समावेश गरिएको थियो ।

राष्ट्रपति पौडेलको समेत नाम समावेश भएपछि राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले समितिलाई फोन गरेर नाम हटाउन आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले यसअघि नै राजीनामा दिइसकेकाले नाम प्रकाशित गरेर अनावश्यक विवादमा नतान्न पोखरेलले आग्रह गरेका हुन् । रातोपाटीसँग कुराकानी गर्दै पोखरेलले भने, ‘हामीले नाम हटाउन भनेका छौँ । उहाँहरूले यसलाई सच्याउँछु भन्नुभएको छ ।’

यसैबिच विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजै राति ९ बजेदेखि मतदान हुने भएपछि महाधिवेशन स्थल भृकुटीमण्डपमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।