skip this वडा नं १६ बालाजु च:मती

सानेपामा सुरू भयो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

 

भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहेका बेला केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरू भएको छ।

कांग्रेसको  संस्थापन पक्षका केन्द्रीय सदस्यहरू उक्त बैठकमा सहभागी हुन बिहानैदेखि केन्द्रीय कार्यालय सानेपा पुगेका थिए।बैठक बिहान ८ बजेका लागेका बोलाइएको थियो।

तर विशेष महाधिवेशन पक्षधरसँग समझदारीका लागि वार्ता अघि बढेपछि केन्द्रीय समिति बैठकमा  ढिलाइ भएको हो।

विशेष महाधिवेशन पक्ष र संस्थापन पक्षबीच समझदारी नभएपछि भृकुटीमण्डपमा निर्वाचन कार्यक्रम र सानेपमा केन्द्रीय समिति बैठक सुरू भएको हो।

नेपाली कांग्रेसलाई एक ढिक्का बनाएर लैजान दुई महामन्त्रीले ‘अन्तिम विकल्प’ का रूपमा पठाएका आठ बुँदे प्रस्तावमध्ये संस्थापन पक्षले एउटा बाहेक अरू मान्न अस्वीकार गरेको थियो।