नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुलाह मन्सुरललाई पार्टीबाट निष्कासन गर्ने घोषणा गरेको छ ।
बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उनीहरुलाई पार्टी हितविपरीत गएको निष्कर्षका साथ निष्कासनको घोषणा गरेको हो ।
बैठकले उनीहरुलाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्कासित गर्ने निर्णय गरेको केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले बताइन् ।




















