skip this वडा नं १६ बालाजु च:मती

कांग्रेस कार्यवाहक सभापति खड्काले लगाए महामन्त्रीद्वयमाथि धोकाकाे आरोप

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वयले धोका दिएको ब्रिफिङ गरेका छन् ।

पार्टी कार्यालय सानेपामा उनले यस्तो ब्रिफिङ गरेका हुन् । ‘महामन्त्रीले धोका दिनुभयो । पुसको कार्यतालिका सल्लाहमै ल्याएको हो,’ उनको भनाई उद्धृत गर्दै एक नेताले भने,‘काम गर्दागर्दै भ्याइएन । पार्टीलाई फुटतिर डोर्‍याउनुभयो ।’