skip this वडा नं १६ बालाजु च:मती

सुमन सायमी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) का संयोजक सुमन सायमी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । बुधवार काठमाडौँमा एक कार्यक्रमका बीच नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

सायमी चर्चित गुठी आन्दोलनको नेता हुन् । त्यसैगरी उनले काठमाडौँमा विभिन्न खालका सामाजिक जागरण अभियानको पनि नेतृत्व गर्दै आएका हुन् ।

राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) सँग भ्रष्टाचार नियन्त्रण, गुठी आन्दोलन, सहकारी आन्दोलनको मर्मअनुसार अघि बढ्ने सङ्कल्पसहितको समझदारी गरिएको नेपाली कम्युनिष्ट पार्टीले जनाएको छ ।