रवि लामिछाने विरुद्धको आरोपपत्र संशोधनका लागि स्विकृती दिने महान्यायाधिवक्ताको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ ।
युवराज पौडेलले महान्यायाधिवक्ताको निर्णय संविधान र कानून विपरीत भएको दावी सहित त्यसको बदरको माग गर्दै निवेदन पेश गरेका हुन् । सर्वोच्च अदालतको मुद्दा महाशाखामा पेश भएको रिट निवेदनमाथि अहिले अध्ययन भइरहेको छ । पौडेलले मुद्दा फिर्ता हुनसक्ने जोखिम पनि रहेको भन्दै कामकारवाही अघि नबढाउन अन्तरिम आदेश पनि माग गरेका छन् ।


















