उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जनताको ठूलो लहर र विश्वासकासाथ अगाडि बढेको पार्टी १२ दिनसम्म कोमामा बस्नुपरेको बताएका छन् । आज पार्टीले आयोजना गरेको उज्यालो जम्काभेट कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपासँगको एकतालाई लक्षित गर्दै १२ दिनसम्म अध्यारो सुरुङमा बसेको पार्टी अहिले झन सफा, शुद्द र ऊर्जाशील भएर निस्केको बताएका हुन् ।
उनले आफूहरुलाई षड्यन्त्रपूर्वक ढंगले समानुपातिक उम्मेद्वारसम्म राख्न बन्चित गराइएको आरोप लगाए । २० देखि २५ लाख समानुपातिक मत आउने दाबी गर्दै उनले उम्मेदवारी दर्ता गर्न पाउने व्यवस्थाको लागि माग गरेका छन् । त्यस्तै अध्यक्ष घिसिङले अब उज्यालो नेपाल पार्टी कहिल्यै पनि नझुक्ने दाबी गरेका छन् ।
पार्टीलाई देशकै नम्बर वान बनाउने बताउँदै उनले विश्वासिलो पार्टीको रुपमा उभिने पनि विश्वास व्यक्त गरेका छन् ।


















