माघ, जाडो र जीवनशैलि

सिद्धार्थि संवत्सर, माघकृष्ण द्वादशी तिथि, अनुराधा नक्षत्र, गण्ड योग, कौलव करण, बुधबार रातको २१ः१० बजे प्रवादनकाल, माघ १ गते सूर्य धन राशिबाट मकरमा प्रवेश गर्दै दक्षिणायन हेमन्त ऋतु पूरा भई उत्तरायण शिशिर ऋतु माघमास सुरु भएको छ । मकर राशिमा सूर्य, वृश्चिकमा चन्द्रमा, मिथुनमा गुरु रहेको पर्व हो यो । तिथि, बार, नक्षत्र, योग र करण ५ अंग मिलेर पञ्चाङ्ग बन्छ, ज्योतिषशास्त्रको मूल आधार यही नै हो । मानव जीवन समयचक्रमै यसैमा घुमिरहेको हुन्छ ।
सौर्य मासअनुसार १२ राशिमा सूर्य परिभ्रमण गर्ने क्रममा मकर राशिमा सूर्य सङ्क्रमण हुन जाँदा माघे सङ्क्रान्ति हुन्छ । सूर्य उत्तरायण भई हाम्रो भूगोलअनुसार दिनमान धेरै र रात्रिमान थोरै हुने हुँदा दिनको समयभन्दा रात्रिको समय कम हुने यो अवस्था सूर्य कर्कट राशिमा सरी श्रावण सङ्क्रान्ति नआएसम्म कायम रहन्छ । उत्तरायण (माघदेखि आषाढसम्म) लाई देवताको दिन र दक्षिणायन (श्रावणदेखि पौषसम्म) लाई देवताको रात भनिन्छ । रात र दिनको उत्तिकै महत्व हुनाले उत्तरायणमा नयाँ घर सर्ने, बिहे, ब्रतवन्ध आदि शुमकर्म बढी हुने गर्छ भने दक्षिणायन समयमा अधिकाँश मुख्य चाडपर्व चतुर्मासव्रत, महादशैँ, नागपञ्चमी, कृष्णाष्टमी, रक्षाबन्धन, तिहार आदि पर्दछन् । माघे संक्रान्ति घिउ, चाक्कू, तरुलको चाड अनि योग दिवसदेखि माघी पर्वसम्म र शँखमूल, देवघाट लगायत वराहक्षेत्र, रुरुक्षेत्र, प्रयाग आदि विशेष नदी संगममा स्नान गर्ने विशेष दिन पनि हो यो । प्र्रत्येक सङ्क्रान्ति सकेमा र नसकेमा कर्कट, मकर, मेष भनौँ वैशाख सङ्क्रान्तिमा पन्चाङ्ग श्रवण गर्नाले घरैमा गङ्गास्नान गरेको पुण्य मिल्ने कुरामा शास्त्रले पुष्टि गरेको छ । यो मासको पक्ष घिऊ, चाक्कु, तरुल लगायत खिचडी, लड्डू, पालुँगो, मासको बारा हो जो चिसो मौसममा शरिेरको तापमान मिलाउन सहयोगी हुन्छ । दान दिने, आपूm खाने, पुण्य प्राप्त गर्ने विशेष मठ, मन्दिर, व्रत, पूजा, पाठ, पारायण, सत्संग गरी जीवन सार्थक बनाउने, ब्राह्मण वाक्य स्वस्ति वाचन गर्दै नयाँ लाउने, पुरानो खाने, भलो सुन्ने, भलो चिताउने, धर्मप्रतिको विश्वास र आपैmँप्रतिको इमान्दारिता दर्शाउने पर्व हो यो । माघ १५ सम्म शुक्र अस्त छ अहिले, काम्य कर्म करिव निषेध छ । राशिगत रुपमा हेर्दा कुम्भ राशिलाई वर्षभरि अन्त्य साँढेसाति, मीनलाई वर्षभरि मध्य, मेषलाई आद्य, सिँह र धनु राशिका लागि अढैया दशा चलिरहेको छ । साँढेसाति लगायतका जनहरुले यस्तै विशेष पर्वहरुमा आप्mनो संकट निवारण हेतु, विशेष ग्रहहरु शुभ एकादश स्थानको फल प्राप्ति हेतु शुभ कर्म बढी गर्नु पर्छ । सूर्य र चन्द्र फलले हेर्दा माघ महिना धन राशिका लागि केही अपवाद छोडेर बाँकी राशि हुनेहरुलाई कसैलाई मध्यम र अधिकाँशलाई उत्तम फल छ, कर्कट राशिका लागि केही भ्रमण भए पनि बिचार पुर्याउनु पर्ने, काममा बाधा हुने डर छ । तुला राशिलाई पनि मान मर्यादामा समस्या र धनको अपव्ययको डर छ । पुनर्बसु, तिष्य र अश्लेषा नक्षत्र भएकाले केही बढी होस गर्नुृ पर्ने र पूर्वाभाद्रपदा, उत्तरभाद्रपदा र रेवती नक्षत्रकाहरुले पनि त्रढी सजगता अप्नाउनु पर्ने सुझाव छ ।
हामी मीन पचासमा छौँ अहिले, माछालाई पनि जाडो लाग्ने समय हो । हिउँदमा पानी नपर्दा वायुमण्डल सफा छैन । अरु बेलाभैmँ खुलेर बाहिर निस्कने अबस्था रहेन । दीर्घरोगी, सुत्केरी, गर्भवती, असहाय, बालबालिकाहरुका लागि विशेष सावधानी अप्नाउनु पर्ने समय हो यो । यतिवेला खानपीनमा विशेष ध्यान दिनु पर्ने हुन्छ, तिर्खा नलागे पनि मन तातो पानी पर्याप्त लिनु पर्छ तर हाम्रो मिर्गौलाले एक घण्टामा करिव एक लिटर मात्रै पानी छान्न सक्छ, अधिक पानी सेवन हानिकारक हुन्छ । पानी पिउँदा उभिएर पिउनु हुन्न । भान्सा हाम्रो औषधालय हो, भान्सामा बनेका खानेकुरामै ध्यान दिनु पर्छ । खानमा केही गरम मसलाको प्रयोग गर्न सकिन्छ तर अधिक बेसार हानिकारक हुन्छ । ज्वानो, मेथी हिँग, लसुन, प्याज मिश्रित खाना राम्रो हुन्छ । कुनै पनि समयमा विहानीको खाना सलादबाट शुरु गर्नु पर्छ, घाम नलागेको रातको समय सागसब्जीहरु पच्दैन, अतः बेलुकीको खानामा साग सब्जी कम गर्ने र यो पकाउँदा बेसार, जिराहरु हाल्न हुन्न । अधिक तारेका खाना स्वास्थ्यका लागि हानिकारक हुन् । बेलुकी दही खानु हुन्न, अपराह्नसम्म दही बा मोही लिन मिल्छ । बेलुकी दूध राम्रो हुन्छ तर वृद्धहरुको आन्द्रामा दूध पचाउँने ल्याक्टो हर्मोन उत्पादन धेरै कम हुने हुँदा दूधमा बढी बल गर्नु हुन्न । खाना खाँदा पहिला कार्बोमा बल नगरी मिनरल, फस्फोरस, क्याल्सियम, प्रोटिनयुक्त खाना खानु पर्छ र कार्बो सकेसम्म कम गर्नु पर्छ । हामीले खानेबानिमा परिवर्तन गर्न जरुरी छ, चामल भनौँ अन्नमा भन्दा अरु परिकारमा जोड दिनु पर्छ । यसैपनि हम्रो धान, चामल उत्पादन कम छ र आयातमा भर पर्नु परेको छ । चामल, मकै, गहूँमा अधिक ग्लाइको इन्डेक्स हुन्छ जसले मधुमेह बढाउँछ । भारत नेपाल यसै पनि मधुमेहको राजधानी हुँदै आएको समयमा मधुमेह लगायत उच्च रक्तचाप नभएको घर पाउनु नै समस्या छ अहिले ।
राइसकुकरको अधिक प्रयोगले थाइराइडको समस्या जटिल छ, पहिले कीटको कराइ बा चरेसको थाल प्रयोग हुन्थ्यो र अस्पताल बा औषधालयहरु त्यति धेरै थिएनन्, अहिले अस्पताल र त्यसको प्रयोग र बीमा गरे पनि उपचारमा तीव्र कठिन अनि राज्यलाई बढी भार परेको छ र बीमामै रकम उधारो छ अहिले धेरै । हामीलाई अहिले औषधिको रुपमा आइरन, क्याल्सियम, भिटामिन डि हरु पसलबाट किन्नु परेको छ जव कि खाना पकाउने भाँडो नै आल्मुनिय भएकाले शरिीरलाई आबश्यक तत्व यसबाट मिलेको छैन र अतिरिक्त औषधिको दबाव परेको छ । बिहान बल गरेर बाहिर निस्कनु हुन्न, हामी कचौरा आकारको काठमाडौँ उपत्यकामा बसेका छौँ, यहाँ निःसृत प्रदूषण बाहिर जान पाउँदैन, तातेर माथि गए पनि चिसिएर पुनः तलै फर्कन्छ । उत्तर हिमाल, दक्षिण महाभारतका उच्चश्रृँखलाहरु छन् । पुराना गाडीहरुको बढी चाप, सधैँ धेरै जाम, सुविधाभोगी जीवन, एकै घरबाट चार पाँचवटा सवारी साधन निस्कने, हिँडडूल, परिश्रम नगर्ने, खेतबारीको काम नभएको, पसिना ननिस्कने, फ्रिजका खाना खाने, बासी खाना, सर्दी गर्मीको परिकार मिलाउन नजान्ने, स्थान, अबस्था र समय मिलाउन नजान्दा नै हामी बढी रोगी भएका छौँ ।
केमिकलयु्क्त र बट्टाबन्दी, बढी नुन भएका बजारका खानाले हिजोआज विद्यालयका नानीहरु बढी अस्वस्थकर भइरहेका छन्, खाजा घरमै तयार गरेर स्कूलमा पठाउनु राम्रो हुन्छ, मसिना बच्चाहरुका आँखामा चस्मा आइसक्यो, अविवाहित किशोरीमा भयँकर कडा रोग देखा पर्न लागि सक्गो, कम्मर दुख्ने त कति कति । अधिक नून बा खराव खानाले शरिरमा बोसो बढी हुन्छ, यसले मोटोपनामा समस्या मात्रै होइन प्रोस्टेड, मिर्गौला, आँखा, मुटु सबैतिर हान्छ, कोलोस्टोरल बढी हुन्छ व्याड कोलोस्टरलाई घटाउने र गुड् कोलोस्टोरललाई बढाउने खाना सेवन गर्नु पर्छ । लिभरमा बोसो अधिकाँशमा पाइएको छ खानाकै कारण र सही मात्रामा हिँडडूल बा शारिीरिक अभ्यासको अभावमा । खानाअघि बा पछि मात्रै पानी पिउनु पर्छ, समय मिलाएर । हिजोआज चियाको अधिक सेवन भएकाले नै इन्सुलिन असन्तुलित भई मधुमेहको समस्या बल्झिरहेको हो । पटक पटक खाना खानु हुन्न, एकपल्ट खाएको खानापछि भोक नलागेसम्म खानु हुन्न र आज खाइएका खानाका विकार टक्सिनलाई भोलि बिहानसम्म निस्काशान गरिसक्नु पर्छ । दिसा पिसावबाट मात्रै सबै फोहोर निस्काशन हुन्न त्यसका लागि खालि पेटमा लामो श्वास प्रश्वास, रेचक, कुम्भक, पुरक भनौँ अनुलोम विलोम कपालभाती गरेर, लामो स्वास तानेर फालेर शरिरको फोहोर फाल्नु पर्छ । योगासनमा रहनु पर्छ, कोठैमा, ओछ्यानमै पनि धेरै गर्न मिल्छ । खानाको समय निश्चित हुनु पर्छ, बेलुकी सूर्यास्तअघि नै खाइएका खानाले राम्रो गर्छ, रातमा धेरै काम गरिरहनु हुन्न । विहान टन्न खान सकिन्छ तर दिन ढल्किँदै जाँदा घटाउँनु पर्छ । बढीमा चार या तीनपल्ट थोरै थोरै खानु पर्छ । हाम्रा अग्रजहरु त दुईपल्ट मात्र खान्थे, एक छाक मात्रै पनि ।