चितवन माघ २– राष्ट्रिय काष्ठमाण्डप कराते प्रतियोगितामा बागमती प्रदेशबाट १७ जना खेलाडी छनौट भएको छ । उक्त प्रतियोगितामा १७ खेलाडि छनौट भएका हुन् । सितोरियो कराते ट्रेनिङ हल भरतपुरमा छनौट प्रतियोगितामा भक्तपुर बाहेक बागमती प्रदेशका १२ जिल्लाबाट ७५ खेलाडी सहभागी रहेका थिए । खेलाडीहरु मध्य १७ जना छनौट हुन सफल भएका हुन् । उक्त खेल अन्तर्गत एकल काता महिलामा ललितपुरकी दीपा पुन, एकल काता पुरुषमा काठमाडौंका अमृत थोकर, टिम काता पुरुषमा भने काठमाडौंका अमृत थोकर, राजकुमार श्रेष्ठ र प्रनिल मानन्धर छनौट भएका छन्।
पुरुष तफ ५० केजी तौल समूहमा ललितपुरका सुजन खड्की, ५५ केजीमा धादिङका निशान घले, ६० केजीमा नुवाकोटका सुबिन सुनार, ६७ केजीमा चितवनका मिलन नेपाली, ७५ केजीमा धादिङका निशान मल्ल, ८४ केजी मुनीमा रसुवाका पासाङ ग्याल्जेन र ८५ केजी तौल भन्दा माथिमा मकवानपुरका अजय ब्लोन छनौट भएका थिए ।
महिला ४५ केजीमा चितवनकी निक्षा थापा मगर, ५० केजीमा सिन्धुपाल्चोककी पार्वती श्रेष्ठ, ५५ केजी तौल समुहमा मकवानपुरकी आशा तामाङ, ६१ केजीमा काठमाडौंकी कृतिका अधिकारी छनौट भएका हुन् । भने ६८ केजी तौल भन्दा तल काठमाडौंकी आशिका राई र ६८ केजी माथिमा काठमाडौंकी महिमा राई छनौट भएकि छिन् । उनीहरुले माघ ६ देखि ९ गतेसम्म नेपाल सितोरियो कराते शाखा डोजो लैनचौरको आयोजनामा हुन गैईरहेको राष्ट्रिय काष्ठमाण्डप कराते प्रतियोगितामा बागमती प्रदेशबाट प्रतिस्पर्धा गर्ने भएकाछन् । छनौट कार्यक्रमका प्रमुख अतिथि चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीले खेलाडीहरुलाई प्रतियोगितामा सफलताको कामना समेत गनुभयो । उहाले करांतेकी कीर्तिमानी खेलाडी एरिका गुरुङको उदाहरण समेत दिदै कार्कीले खेलाडीहरुको हौसला बढाउंदै, भविष्य देशका लागि पदक जित्ने लक्ष्य लिनु पने साथै अघि बढ्न सुझाव दिए समेत दिनुभयो । नेपाल कराते महासंघ बागमती प्रदेशका अध्यक्ष गगन लामाले खेलाडीहरुलाई उच्च मनोबलका साथ प्रतिस्पर्धामा जानुपर्ने बताउन ुभयो।सधै खेलाडी खेल प्रतिको लगनशिलता र अनुशासन कायम राख्न सके जीत सम्भव हुने उहांको भनाइ रहेको छ। सोही कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषद्को बोड सदस्यमा नियुक्त भएका कृष्णबहादुर नेपाल सुजनलाई सम्मान समेत गरिएको थियो । उहांलाई चितवन जिल्ला खेलकुद बिकास समिति, बागमती प्रदेश कराते महासंघ, चितवन जिल्ला सितोरियो कराते संघले संयुक्त रुपमा सम्मान गरेको थियो




















