प्रदेशसभा सदस्यबाट डा जोशीको राजीनामा

सुदूरपश्चिम प्रदेशसभा सदस्य डा तारा जोशीले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको छ ।
डडेल्धुरा प्रदेशसभा (ख) बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेशसभामा विजयी भएका डा जोशीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डडेल्धुराबाट प्रतिनिधिसभाको उम्मेदवार बनाएपछि उनले राजीनामा दिएको हो ।

प्रदेशसभा सदस्य रहँदै प्रतिनिधिसभाको उम्मेदवार बन्ने भएपछि उनले आइतबार इमेलमार्फत राजीनामा दिएको सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए ।

पछिल्लो समय उज्यालो नेपाल पार्टीमा जोडिएका डा जोशी रास्वपासँगको एकता टुटेपछि पनि एकताको पक्षमा उभिँदै रास्वपामै रहेको थियो ।