राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाल र रास्वपा सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगीबीच बिहे हुने भएको छ । मंसिर १० गते ढकाल र डाँगीको बिहे हुन लागेको हो । उनीहरू दुवैले बिहे गर्न लागेकोबारे अनलाइनखबरलाई जानकारी गराए । ढकाल विराटनगर निवासी हुन भने डाँगी झापाकी हुन् ।
ढकाल हाल राजनीतिमा सक्रिय छैनन् । डाँगी रास्वपाको पहिलो महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् । गत निर्वाचनमा डाँगी झापा–१ बाट निर्वाचित भएकी थिइन् ।
०७९ मा समानुपातिकतर्फबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेकी डाँगीसँग प्रेमसम्बन्ध रहेकोबारे यसअघि पार्टीमा पनि चर्चा थियो ।


















