आमनिर्वाचन लक्षित गर्दै कांग्रेसको २१ दिने अभियान, फागुन १ देखि २१ सम्म

नेपाली कांग्रेसले ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान सञ्चालन गर्ने भएको छ । आज सभापति गगन थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आमनिर्वाचनमा नेता कार्यकर्ता परिचालन गर्न फागुन १ देखि २१ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

कांग्रेसले निर्वाचन परिचालन निर्देशिका ०८२ पनि पारित गरेको छ। उक्त निर्देशिकामा २१ दिने अभियानसम्बन्धी विषय छ ।