बालेनलक्षित ओलीको टिप्पणी : आफ्नै जिल्लामा नपत्याएपछि अर्कै क्षेत्र खोज्दै हिँडे

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहप्रति लक्षित गर्दै आफ्नै क्षेत्रमा विश्वास गुमाएका नेताहरू नयाँ क्षेत्रको खोजीमा आउने गरेको टिप्पणी गरेका छन् ।

ओलीले आफ्नो क्षेत्रमा विश्वास गुमाएकाहरू नयाँ ठाउँ चहार्दै हिँडेको बताए । ‘अहिले म धेरै केही भन्न चाहन्नँ । हामीले थाहा पाउनुपर्छ आफ्नै जिल्लाबाट कोही मान्छे किन चुनाव लड्दैन ?आफ्नै जिल्लामा कसैले पत्याउने स्थिति छैन । त्यहाँ ढाँट्न सकिँदैन । काठमाडौँमा जितिसकेको मान्छेले त्यहाँबाटै किन आँट गर्दैन फेरि लड्न ? किन यहाँ आउँछ ,’उनले प्रश्न गरे ।

आफूले काम गर्न नसकेपछि अरु नयाँ ठाउँमा जानुपर्ने बाध्यता आइलागेको बताउँदै ओलीले झापाको गौरीगन्जसँगको सम्बन्ध ०२६ सालदेखि नै रहेको बताए ।