skip this वडा नं १६ बालाजु च:मती

पूर्वराजा स्वागतको भीडले विमानस्थल अस्तव्यस्त, यात्रुलाई सास्ती (तस्वीरहरू)

पूर्वराजा ज्ञानेन्द्र शाह आउने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपरको अवस्था अस्तव्यस्त बनेको छ । राजावादी समर्थकहरू अहिले विमानस्थल गेट बाहिर पुगेर नाराबाजी गरिरहेका छन् । उनीहरूले ‘हाम्रो राजा हाम्रो देश, राजा आउ देश बचाऊ’ लगायतका नारा लगाइरहेका छन् ।

विमानस्थलमा स्थानीय प्रशासनले निषेधाज्ञा समेत जारी गरेको छ । यसैबीच विमानस्थलमा पुगेका यात्रुहरू समस्यामा परेका छन् । विमानस्थल आसपासमा बाक्लो संख्यामा राजावादी समूहका समर्थकहरू पुगेपछि यात्राका लागि पुगेका यात्रुहरू समस्यामा परेका हुन् । उनीहरू हतार हतार विमानस्थल गेटबाटै सुटकेश घिसारेर भित्र प्रवेश गरिरहेका छन् ।