आम जनता पार्टी (आजपा) ले शुक्रबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत अध्यक्ष प्रभु साहले ‘निर्वाचन घोषणापत्र–२०८२’ सार्वजनिक गरेका हुन् । उनले मुलुकको विद्यमान राजनीतिक र आर्थिक सङ्कट समाधानका लागि व्यवस्था परिवर्तन अपरिहार्य रहेको बताए।
घोषणापत्रमा पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, कर सीमा र निःशुल्क आधारभुत सेवासहित व्यापक सुधारका एजेन्डा अघि सारेको छ । यस्तै, शासन प्रणालीदेखि अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, ऊर्जा र वैदेशिक नीतिसम्मका संरचनागत परिवर्तनका लागि प्रतिबद्धता जनाएको छ ।




















