पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन २१ मा हुने चुनावको विपक्षमा बोलेका छन् । बुधबार देशका नाममा भिडियो सन्देश दिँदै ज्ञानेन्द्रले राष्ट्रिय समस्याको समाधान गरेर मात्रै चुनावमा जान आग्रह गरेका छन् ।
उनले अहिलेको अवस्था कठिन भन्दै भनेका छन्, ‘जनभावना यो छ कि पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्रै आसन्न निर्वाचनको प्रक्रियामा जानु उचित हुनेछ ।’
चुनावपछि द्वन्द्व, अशान्तितर्फ जानुभन्दा चुनावअगाडि देशका प्रमुख समस्या हलको पक्षमा ज्ञानेन्द्रले बोलेका छन् ।




















