गोरखा नगरपालिका दशकिलो स्थित सडकमा ना ५ ख ५०३० नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका एघारकिलो बस्ने ९५ वर्षीया
सुक माया लामाको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रदेश अस्पताल गोरखामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ पथरीशनिश्चरे नगरपालिका जय चोकस्थित सडकमा को २ त ७८३८ नम्बरको ट्याक्टरले को १ ह ६१२२ नम्बरको अटोलाई शुक्रबार साँझ ठक्कर दिँदा अटो चालक सोही ठाउँ बस्ने १८ वर्षीय सुदिप थापाको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका २ स्थित नौकिलोस्थित सडकमा बा प्र।०१ ०३० च ३४८० नम्बरको बोलेरो गाडी कन्टेनर डिब्बाको टेलरमा ठक्कर खाई गएराति दुर्घटना हुँदा बोलेरोमा सवार सोही ठाउँ बस्ने २१ वर्षीय सुजन तामाङको मृत्यु भएको छ । घाइते भएका गाडी चालकको बीएण्डबी अस्पताल
काठमाडौंमा उपचार भइरहेको छ ।
रूपन्देही, गैडहवा गाउँपालिका ७ छत्रपुरास्थित सडकमा लु ५ प ९८९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४२ वर्षीय सुकराम यादवको मृत्यु भएको छ ।
बैतडी, शिवनाथ गाउँपालिका स्थित सडकमा सु प।प्र।०४ ००१ ज ००६९ नम्बरको बोलेरो जिप अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा जिप चालक सोही
गाउँपालिक बस्ने २६ वर्षीय केशव सिह धामीको मत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको थप उपचारको लागि डडेल्धुरा अस्पताल डडेल्धुरा लैजानै क्रममा बाटोमै मृत्यु भएको हो ।
कैलाली, गोदावरी नगरपालिका स्थित सडकमा सु प।प्र।०१ ०१० प ३१८७ नम्बरको मोटरसाइकल र सु।प।प्र।०१ ००९ प ७७८१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा २५ वर्षीय योगेन्द्र शाह, २५ वर्षीय हरिश बिक र २२ वर्षीय हरिश वली रहेका छन् ।


















