मतदान सकिएको २ घण्टाभित्र परिणाम आइसक्ने दाबी

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा मतदान सकिएको २ घण्टाभित्रमा मत परिणाम आइसक्ने दाबी गरिएको छ। पार्टी प्रवक्ता मनिष झाले मतदान सकिएको २ घण्टाभित्रमा मत परिणाम आइसक्ने जानकारी दिए । आजै राति भित्रमा मत परिणाम आइसक्ने झाको दाबी छ ।

‘बेलुकासम्ममा मत परिणाम आइसक्छ। मतदान सम्पन्न भएको २ घण्टाभित्र मत परिणाम आइसक्ने जानकारी हामीलाई दिनुभएको छ ।’ झाले भने, ‘महाधिवेशनमा व्यवस्थापकीय पाटो केही लचिलो पक्कै भयो । आगामी दिनमा यसलाई सच्याएर जान्छौँ ।’