जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा माथागढी गाउँपालिका बस्ने १९ वर्षीय रेम बहादुर ठाडालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रेम बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।