कांग्रेसले आज काठमाडौं, ललितपुर र भक्तपुरका उम्मेदवारहरूको भिजन १० सार्वजनिक गर्दै

नेपाली कांग्रेसले काठमाडौं उपत्यकाअर्तगत पर्ने काठमाडौं, ललितपुर र भक्तपुरका उम्मेदवारहरुका तर्फबाट विकासको मार्ग चित्र भिजन १० साझा प्रतिबद्धता आज सार्वजनिक गर्दैछ । दिउँसो आयोजना गरिने कार्यक्रममा उम्मेदवारहरुको उपस्थितीमा प्रतिबद्धता सार्वजनिक गरिने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।

काठमाडौं–५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका महामन्त्री पौडेलले उपत्यकाको दिगो विकासका लागि आगामी पाँच वर्षमा गरिने साझा कामको खाका तयार पार्दै सार्वजनिकीकरण गराउने पहल गरेका थिए ।कार्यक्रममा तीनवटै जिल्लाका नेपाली कांग्रेस उम्मेदवारहरु उपस्थित हुने बताइएको छ ।