देउवा सिंगापुर प्रस्थान, चुनावअघिनै फर्कने

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । उपचारका निम्ति बुधबार राति उनी त्यसतर्फ गएका देउवाको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, देउवा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअघि नै स्वदेश फर्कनेछन् । उनी यसपालि चुनावी प्रतिस्पर्धामा छैनन् ।

‘नियमित स्वास्थ्य जाँच गराउन जानुभएको हो,’सचिवालय स्रोतले ‘चार दिनपछि फर्कनुहुनेछ ।’सचिवालयका अनुसार, देउवा एक्लै सिंगापुरतर्फ लागेका छन् । जेनजी आन्दोलन र पार्टीको विशेष महाधिवेशनपश्चात् राजनीतिक रूपमा सक्रिय नरहेका देउवाले निर्वाचन र कांग्रेस उमेदवारका विषयमा कुनै सार्वजनिक अभिव्यक्ति दिएका छैनन् ।