राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईंले फागुन १६ गतेभित्र काठमाडौँमा उपस्थित हुन देशभरका नागरिकलाई आह्वान गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले राजपरिवारका सदस्यहरू स्वयं राष्ट्र, धर्म र नागरिकको हितका लागि सडकमा उत्रिने तयारीमा रहेको दाबी गरेका छन् ।
राष्ट्रलाई संकटबाट जोगाउन सबै नेपालीलाई एकजुट भएर काठमाडौँ आउन उनले आग्रह गरेका हुन्।


















