कैलाली– २ मा प्रलोपाका उम्मेदवारले गरे एमालेलाई समर्थन

कैलाली क्षेत्र नम्बर २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार डम्बरबहादुर रावलले एमाले उम्मेदवारलाई सघाउने भएका छन् । एमाले उम्मेदवार सूर्यबहादुर थापालाई सघाउन रावल ब्याक भएका हुन् ।

प्रत्यक्षमा एमालेलाई साथ दिने र समानुपातिकतर्फ आ–आफ्नो चुनाव चिह्नलाई मत माग्ने सहमति भएको हो । प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य भगत बडुवालले पार्टी नेता–कार्यकर्ताहरूको भावनाअनुसार प्रत्यक्षमा एमाले उम्मेदवारलाई सघाउने निर्णय भएको बताए ।

एमाले केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज लीला भण्डारीले देश र संविधान जोगाउनका लागि भएको सहमतिले एमालेको जित सुनिश्चित भएको बताइन् ।