skip this वडा नं १६ बालाजु च:मती

तराईका जिल्लामा आज होली मनाइँदै

आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक होलीपर्व मनाइँदैछ । आज नवलपरासी बर्दघाट सुस्तापूर्व०, नवलपरासी बर्दघाट सुस्तापश्चिम०, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदैछ ।

प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नामबाट मनाउन थालिएको छ । रसरङ्ग, नाचगान, खानपिन, मनोरञ्जन गरी यो पर्व मनाइँदैछ । पहाडी जिल्लामा होलीको सोमबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ ।