skip this वडा नं १६ बालाजु च:मती

सवारी दुर्घटनामा सात जनाको मृत्यु

सप्तरी, अग्निसाईर कृष्णासवरण गाउँपालिका ६ महुली बजारस्थित सडकमा प्र।१
०१८ प १९२३ नम्बरको स्कुटर र प्र।२ ०१ ००३ प ९८७० नम्बरको मोटरसाइकल
एकआपसमा ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा स्कुटर चालक अग्निसाईर कृष्णासवरण
गाउँपालिका(१ बस्ने ४० वर्षीय श्याम देव चौधरी र स्कुटरमा सवार उनकै छोरी ८ वर्षीया
कृर्तिका कुमारी चौधरीको मृत्यु भएको छ । सर्लाही, हरिपुर नगरपालिका ८ जगतपुरस्थित सडकमा मे १ त ७३४७ नम्बरको
ट्याक्टरमा स १० प ५२५४ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार राति दुर्घटना
हुँदा चालक लालबन्दी नगरपालिका २ पुनर्वास टोल बस्ने २६ वर्षीय साहिल पासवानको
मृत्यु भएको छ । कास्की, पोखरा महानगरपालिका १० औद्योगिक क्षेत्रस्थित सडकमा ग २२ प
१३५८ नम्बरको स्कुटरको ठक्करबाट नाम, थर, वतन नखुलेका अन्दाजी
३० वर्षीय पुरूषको मृत्यु भएको छ । दाङ, तुलसीपुर उपमहानगरपालिका १९ हाडीमेस्थित सडकमा बिजौरीदेखि
हाडीमेतर्फ जाँदै गरेको रा ४ प ४४८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक तुलसीपुर उपमहानगरपालिका १९ बस्ने २२ वर्षीय दिपेन घर्तिमगरको मृत्यु भएको छ । कञ्चनपुर, भिमदत्त नगरपालिका ९ मटैनास्थित सडकमा ब्रह्मदेव बजारबाट
महेन्द्रनगरतर्फ आउँदै गरेको म ३ प ३३३ नम्बरको स्कुटर मंगलबार साँझ दुर्घटना हुँदा
स्कुटरमा सवार सोही नगरपालिका ११ भुजेला बस्ने ५० वर्षीय तुलाराम दर्लामीको मृत्यु
भएको छ । सिन्धुली, कमलामाई नगरपालिका ४ हिरापानी नजिक बा ४ ख ३८९४ नम्बरको
बस र ज १० प ९२३ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा
स्कुटर चालक कमलामाई नगरपालिका ६ धुराबाजर बस्ने गोलान्जोर गाउँपालिका(२
बित्तिजोर घर भएका ३५ वर्षीय चन्द्र श्रेष्ठको मृत्यु भएको छ ।