एक सय पाँच वर्षीय खड्काले गर्नुभयो मतदान

बूढानीलकण्ठ नगरपालिका–२ चपली मतदान केन्द्रमा १०५ वर्षीय ज्येष्ठ नागरिक चन्द्रबहादुर खड्काले मतदान गर्नुभएको छ । उहाँले भन्नुभयो, “यो उमेरमा पनि मतदान गर्न पाउँदा खुसी लागेको छ, देशले योग्य, इमानदार र जनताका पक्षमा काम गर्ने जनप्रतिनिधि पाओस् भन्ने मेरो कामना छ ।”