इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)ले शनिबार, १४ नोभेम्बरका दिन केश्म टापुको दक्षिणमा एक अमेरिकी एमक्यु–१ ड्रोन खसालेको दाबी गरेको छ।
आईआरजीसीले आफूले खसालेको यो यस प्रकारको १७औँ ड्रोन भएको बताएको छ । स्थानीय समयअनुसार दिउँसो करिब २ः३० बजे नयाँ र आधुनिक एयर डिफेन्स प्रणालीको मद्दतले उक्त ड्रोन खसालिएको हो।
आईआरजीसीले उक्त ड्रोन अमेरिकी सेनाको जासुसी तथा लडाकु ड्रोन भएको दाबी गरेको छ। उसका अनुसार आईआरजीसीको एयरोस्पेस फोर्सले यसलाई ट्र्याक गरेपछि नष्ट गरेको हो।


















