रास्वपाको जनलहर शान्त विद्रोहको अभिव्यक्तिः बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले जेनजी विद्रोहपछि भएको आमनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पक्षमा देखिएको देशव्यापी जनलहरलाई “शान्त विद्रोह” बताएका छन् ।

सामाजिक सञ्जालमा उनले यो जनमत सुशासन र समृद्धिका लागि जनताको तीव्र आकांक्षा भएको बताएका छन् । नवोदित दलको पक्षमा आएको उभारलाई सबै राजनीतिक शक्तिले स्वीकार गर्नुपर्ने उनको भनाइ छ ।

भट्टराईका अनुसार अब देशका आन्तरिक अर्थ–राजनीतिक समस्या र बाह्य भू–राजनीतिक चुनौतीहरू कुशल रूपमा व्यवस्थापन गर्नु मुख्य कार्यभार हो । उनले रास्वपा नेतृत्वले जनताका अपेक्षा छिट्टै पूरा गर्न सकोस् भन्ने शुभकामना पनि दिएका छन्।