प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा समानुपातिकतर्फको मतगणना कार्य सम्पन्न भएको छ । रसुवामा प्रत्यक्षतर्फ २५ हजार ४५८ मत खसेको थियो भने समानुपातिकतर्फ २६ हजार ४०३ मत खसेको थियो । घोषित मत परिणामअनुसार रसुवामा रास्वपाले ७ हजार ६१८, राप्रपाले १६७, नेकपाले ९५७, नेकपा एमालेले ३ हजार ५८८ र नेपाली कांग्रेसले ९ हजार ६०० मत प्राप्त गरेको जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

















