रास्वपा सभापति रवि लामिछानेले जेनजी आन्दोलनबारेको जाँचबुझ आयोगमा बयान दिंदै भदौ २३-२४ गतेको घटनामा कारागारबाट बाहिर निस्कन आफूले अस्वीकार गरेको बताएका छन् ।
लामिछानेका अनुसार २४ गते कारागारका नाइकेहरूले उनलाई बोलाउँदा ठूलो भीड जम्मा भएको थियो र पार्टीको जिम्मामा पठाउनुपर्ने अवस्था आएको थियो। तर उनले जेल प्रशासनको अनुरोध अनुसार कारागार प्राङ्गणमै रहँदै भीडलाई सम्बोधन गर्न तयार भएको बताए। लामिछानेले भने, “प्रहरी आत्तिएको अवस्थामा भीडले मलाई धकेल्दै बाहिर पुर्यायो।”



















