काठमाडौँ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेका कार्यकर्ताहरू आक्रोशित हुँदै सडकमा उत्रिएका छन्। अध्यक्षको गिरफ्तारीको विरोधमा एमालेका जनवर्गीय सङ्गठनहरूले काठमाडौँको बबरमहलस्थित जिल्ला अदालत अगाडि टायर बालेर प्रदर्शन गरेका छन ।
एमाले सम्बद्ध २३ वटा जनवर्गीय सङ्गठनहरूले एकीकृत रूपमा माइतीघर मण्डलाबाट विरोध प्रदर्शन सुरु गरेका थिए । प्रदर्शनकारीहरू निषेधित क्षेत्रतर्फ अघि बढ्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गरेको थियो। सो क्रममा प्रहरी र प्रदर्शनकारीबिच केही बेर ठेलमठेल हुनुका साथै स्थिति तनावपूर्ण बनेको थियो। प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पारे पनि उनीहरू समूह बनाएर अघि थिए ।



















