खड्कालाई सीआईबीले सम्पत्ति शुद्धीकरण विभागमा बुझाउने

पूर्वमन्त्री दीपक खड्कालाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाउने भएको छ । आइतबार बिहान धुम्बाराहीबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले खड्कालाई नियन्त्रणमा लिएको थियो । विभागले नै अनुसन्धान गरिरहेकाले खड्कालाई उतै बुझाइदिने भएको हो ।

जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित खड्का निवासबाट पैसाको बिटो बाहिर उडाइएको थियो । त्यतिबेलै विभागले खड्काविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान थालेको थियो ।