नेपालका तीन पूर्वप्रधानमन्त्री-शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल-को सम्पत्ति छानबिन प्रक्रिया अघि बढाइएको छ । सम्पत्ति शुद्धीकरण विभागको पत्रपछि केन्द्रीय अनुसन्धान ब्यूरो ले अनुसन्धान सुरु गरेको हो। सोही क्रममा कांग्रेस नेता दीपक खड्का पक्राउ परेका छन् । यसअघि उठेका विवाद र मुचुल्काका आधारमा अब अनुसन्धानलाई थप तीव्र बनाइएको बताइएको छ।
गृह स्रोतका अनुसार विभागको पत्राचारअनुसार सीआईबीले तीन पूर्वप्रधानमन्त्रीहरूको सम्पत्तिबारे अनुसन्धान अघि बढाएको छ ।


















