नेपाल राष्ट्र बैंकले दुई मनी चेन्जरको लाइसेन्स रद्द गरेको छ । केन्द्रीय बैंकले अमृत लक्ष्मी मनी चेन्जर प्रा.लि र सुपर फाइन मनी चेन्जर प्रा.लिको अनुमतिपत्र खारेज गरेको हो । मोरङ जिल्लाको विराटनगर महानगरपालिका–१५ मा रहेका दुबै कम्पनीले अनुमतिपत्र समयमा नवीकरण नगरेपछि बैंकले खारेज गरेको जनाएको छ ।
बैंकका अनुसार मनी चेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण गर्न नसकेकोले इजाजतपत्र रद्द गर्ने निर्णय भएको हो । नियमावली अनुसार मनी चेन्जर कम्पनीले म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण गर्नुपर्छ ।


















